अनन्तराज न्यौपाने
वरिष्ठपत्रकार सुशीला पाठकले तीन हप्ताअघि आफ्नो फेसबुक पेजमा एक कटुसत्यको उद्घाटन गरिन् । उनले लेखेकाशब्दतल राख्दछु ।
‘गाईपालेर दूधखानेको भन्दा बाटामा कुकुरलाई हगाउनेको इज्जत बढी छ । धानमकै फलाउने किसानको भन्दाजग्गा प्लटिङ गर्नेको इज्जत बढी छ । ज्यालादारी गरी खानेलाई भन्दा भ्रष्टाचार गर्नेलाई इज्जत बढी दिने समाज छ । अनि कसरी उन्नति हुन्छ ?’ (भावयथावत् राखेर सामान्य सम्पादनगरिएको ।)
एक अनुभवी र परिपक्वपत्रकारका रूपमा सुशीलाको यो आक्रोश वर्तमानविद्रोही पुस्ताको स्वाभाविकआक्रोशहो । मैले चाहिँउनकायीशब्दहरू पढिरहँदाविराटनगरको अवधनारायण नर्सिङ होम भएको घोगापुल रोड र गोश्वारा रोडपूर्वको सिमेन्टेड घोगापुल रोड सम्झिएँ । दुबै सडकखण्डमा विराटनगरकानामी धनाढ्यकालाखौँ रुपैयाँ पर्ने कुकुरलाई ती धनाढ्यकाचौकीदारले बिहान–दिउँसो र बेलुकानियमितशौच गराइरहेका हुन्छन् ।
यताअवधनारायण नर्सिङ होमतिरको सडकखण्डको केहीभाग त विराटनगरको सेल्फी रोड बनेको छ भन्दापनि हुन्छ । त्यस खण्डमा कलेजका छात्रछात्रा सेल्फीखिचिरहेका हुन्छन् । टिकटकबनाइरहेका हुन्छन् । कोही डेटिङमा पनि हुन्छन् । जेहोस्, केही घरधनीले त्यस खण्डलाई सुग्घरसफा राखेका छन् । बिहानबेलुकै बढार्न लगाउँछन् । पानीले पखाल्छन् । हेर्दै सुक्सुकाउँदो परेको छ सडक । एक छिन त्यस ठाउँलाई मात्र हेर्नेले म विराटनगरमावा नेपालको वस्तीका बिच छु भनेर सोच्तैन । म कुनै पश्चिमीवाअतिविकसितमुलुककाबसोबास क्षेत्रमाउभिएको छु भन्ने ठान्छ ।
त्यही वस्तीमा एक जना धनाढ्य छन् । उनले करोडौँ खर्च गरेर घर बनाए ।घर सफागर्ने कामदार मात्रचार–पाँचजनाहोलान् । उनी समाजमालब्ध प्रतिष्ठित पनि छन् । सबैले उनको इज्जत गर्छन् । तर उनैले घरमा कुकुर पालेका छन् र बिहान, दिउँसो अनि बेलुका गरेर कम्तीमातीन पटक उनकाचौकीदारले बाटामा त्यस कुकुरलाई मलमूत्रविसर्जन गर्न डुलाउँछन् । नेपालको समाज र यहाँका छरछिमेकीपनिअत्यन्त सहिष्णु छन् । ती धनाढ्यले दिनरात घरपर्तिरको सडकमा कुकुरलाई हगाइमुताइरहँदा वरपरका छरछिमेकीमूकदर्शक हुन्छन् । कहिलेकाहीँउनकाकामदारले आफ्नामालिकका घरको कुकुर गोश्वारा रोड उत्तरको घोगापुल रोडमा पनिशौच गराइरहेका हुन्छन् ।
त्यस्तै अर्का एक धनाढ्य गोश्वारा रोडमा बस्छन् । उनीको हुन्, उनको नाम के हो, पङ्क्तिकारलाई ठ्याक्कै थाहा छैन । तर छेउछाउमा बुझेअनुसार उनी केही महिनाअघि उद्घाटन गरिएको सिद्धार्थ बैङ्कको अगल–बगलमा बस्छन् । हो, उनकै घरमापालिएको कुकुर गोश्वारा रोड पूर्वको सिमेन्टेड घोगापैनी सडकमा साँझबिहान बिस्टात्याग गरिरहेको हुन्छ । ती धनाढ्यकाचौकीदार बाटामा कुकुरलाई हगाउने र मुताउने आफ्नो ड्युटी निर्वाह गरिरहेका हुन्छन् । कठै नेपाली समाज, धनले धनाढ्य भएर पनिविचारले कतिदरिद्र र तन्नम छ !
करोडौँ खर्च गरेर घर बनाउनेले कुकुर पाल्ने सोख राख्छन् भने कुकुरकालागिपनिशौचालयबनाउनु आवश्यक छ भन्ने विषयमा बहस हुनु आवश्यक छ । उनीहरूलाई कुकुर पाल्ने स्वतन्त्रता छ, तर बाटामा शौच गराउने अधिकार किञ्चित् पनि छैन । उनीहरू यस समाजका सभ्य, शिष्ट र इज्जतदार मानवहुन् भने यस्तो ब्यहोरा नदेखाउनु नै उचित हुन्छ ।
नेपाल र भारतकाअधिकांश धनाढ्यहरू घर बनाउँदा ससाना कुरामापनिवास्तुशास्त्रको परिपालनगर्ने गर्दछन् । यस सन्दर्भमा घरभित्रको कुकुरपालनवास्तुशास्त्रअनुकूल छ कि छैन भन्ने प्रश्नपनि छ । वास्तुशास्त्रले घरभित्रको कुकुरपालनलाई सर्वथावञ्चित गरेको छ ।
विष्णु पुराणको दोस्रो भागको छैठौँ अध्यायको २१ औँश्लोकमाकुकुर पाल्ने मनुष्यले कृमिपूयवापूयवहनामको नरकमा पर्नुपर्छ भन्ने लेखिएको छ । त्यस्तै वाधूलस्मृतिको १७० औँ श्लोकमाभनिएको छ, ‘कुकुर राख्ने मनुष्यलाई स्वर्गलोकमा ठाउँ छैन । त्यस्ताले गरेको यज्ञ, निर्माण गरेकाकुवाआदिका पुण्यलाई क्रोधवशनामको राक्षसले खत्तमपारिदिन्छ ।’
महाभारतको महाप्रस्थानिकपर्वमा कुकुर पाल्नेका घरकाव्यक्तिले अर्पण गरेको केहीपनि देवताले ग्रहण गर्दैनन् भन्ने उल्लेख छ । मनुस्मृतिको तेस्रो अध्यायको २३९ र २४० श्लोकमा कुकुरको दृष्टि परेका घरमा देवपूजन, श्राद्ध, तर्पण, ब्राह्मणभोजन, दान, होम सबै निष्फल हुन्छन् भनेर लेखिएको छ । तर दुर्भाग्य, आफूलाई भगवान् नारायणका उत्तमभक्तदाबीगर्नेहरूले नै घरमा कुकुर पालेर त्यसलाई बाटामा शौच गराउँछन् ।
हिन्दु धर्मशास्त्रले घरमा कुकुर पाल्न कडाइका साथनिषेध गरेको छ । तर घरमा बाटाको कुकुर आयो भने के गर्ने यस विषयमापनिधर्मशास्त्रबोलेको छ । जसअनुसार घरमा बाटाको कुकुर आयो भने उसलाई खानेकुरा देखाएर प्रेमपूर्वक बाटामा लैजाने र त्यहीँखानदिने अनि घरको गेट लगाएर राख्ने । बाटाको कुकुर घरमाआयो भने हिन्दु धर्मशास्त्रअनुसार त्यसलाई कुटपिट गर्न, हप्काउन, तर्साउनआदिअभद्र व्यवहार गर्न पाइन्न । उसलाई प्रेमपूर्वक बाहिर निकालेर खान दिनुपर्छ ।
तर कुकुर पाल्नेहरूलाई यस्ता कुरा जतिभने पनिलाग्दैन । किनभने उहिलेका मान्छे गाई पाल्थे । गाईका सरसङ्गतमा रहन्थे । त्यसैले तिनको बुद्धि पनिगाईकै जस्तो सिधासाधाहुन्थ्यो । अर्थात् उनीहरू गौप्राणी हुन्थे । तर अहिलेका मान्छे घरमागाई होइन कुकुर पाल्छन् । भन्नु बेकार छ ।