विराटनगर ।कला, साहित्यप्रति समर्पित मोरङको झोराहाटस्थित झोराहाट नाट्य समूहलाई सरकारले गोपालप्रसाद रिमाल राष्ट्रिय नाट्य पुरस्कार समर्पण गर्ने निर्णय गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले झोराहाट नाट्य समूहलाई ‘गोपालप्रसाद रिमाल राष्ट्रिय नाट्य पुरस्कार–२०७८’ प्रदान गर्ने भएको हो ।

नगद १ लाख रुपैयाँ राशिको पुरस्कार झोराहाट नाट्य समूहलाई प्रदान गरिने मन्त्रालयले जनाएको छ । झोराहाट नाट्य समूहले नाटक विधाबाट यो पुरस्कार पाउन लागेको हो ।

मन्त्रालयको संस्कृति प्रवद्र्धन कार्यक्रमअन्तर्गत झोराहाट नाट्य समूहलाई यो पुरस्कार प्रदान गर्न लागिएको मन्त्रालयका सूचना अधिकृत टेकनारायण पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । झोराहाट नाट्य समूहले पुरस्कार पाउने घोषणालाई स्वागत गर्दै समूहका नाट्यकर्मी भरत गुरागाईं बर्बरिकले ‘गाउँमा रङ्गमञ्च जीवन र संस्कृतिको फरक अभ्यास’ भन्ने भावनाका साथ निरन्तर चलिरहेको झोराहट नाट्य यात्रालाई संघीय सरकारले सम्बोधन गरेको मैले महसुस गरेको बताए