दमक ।दमक नगरपालीकाकी उप प्रमुख रेगिना भट्टराई प्रसाईं प्रदेश १ को प्रदेश समन्वय परिषदमा मनोनित भएकी छन् ।

मुख्यमन्त्रीको नेतृत्वमा प्रदेशका स्थानीय तहका जनप्रतिनिधि सदस्य रहने परिषद्मा झापाबाट दमक नगर उपप्रमुख भट्टराई मनोनित भएकी हुन् ।

प्रदेशमा मुख्यमन्त्रीकोे अध्यक्षतामा प्रदेश समन्वय परिषद् गठन हुने कानुनी व्यवस्था छ । परिषद्मा हरेक जिल्लाबाट एकजना स्थानीय तहका प्रमुख वा उपप्रमुख, जिल्ला समन्वय समितिका प्रमुख वा उपप्रमुखमध्येबाट मनोनित हुन्छन् ।

परिषद्मा प्रदेशस्थित आर्थिक मामिला तथा योजना र आन्तरिक मामिला तथा कानुनमन्त्री पदेन सदस्य रहन्छन् ।

समन्वय समितिले प्रदेश सरकार र स्थानीय सरकारबीच विकासका कामहरूमा साझेदारी गर्न, बजेट कार्यान्वयन गराउन र नीति निर्माण गराउन आवश्यक सुझाव लिने र दिने गर्छ ।