प्रेम आलेले दिए मन्त्री पदबाट राजीनामा

विराटनगर । पर्यटनमन्त्री प्रेम आलेले मन्त्री पदबाट राजीनामा दिएका छन् । उनले आइतवार बिहान माधव नेपालको निवास कोटेश्वर पुगेर राजीनामा दिएका हुन ।

यसअघि शुक्रवारको पोलिटब्युरो बैठकमा आलेले ४८ घण्टाभित्र निकास दिने बताएका थिए ।​

सोहीबमोजिम उनले अध्यक्ष नेपाललाई राजीनामा बुझाएका हुन् ।

मन्त्री आलेले आफ्नो कार्यकालमा भएका कामको विवरण सार्वजनिक गर्ने तयारी समेत गरेका छन् ।

आइतबार, १२ असार, २०७९, दिउँसोको ०२:२३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर