विराटनगर । प्रदेश नम्बर १ का पूर्वमन्त्री तथा नेकपा एमालेका नेता हिक्मत कार्कीको घरअगाडि शंकास्पद बस्तु फेला परेको छ।

झापाको गौरादह नगरपालिका वडा नम्बर ३ मा रहेको कार्कीको घरअगाडि बाटोको पेटीमा तार जोडिएको कुकर देखिएको हो।

आज बिहान ५.३० बजे कुकर देखेपछि कार्कीले प्रहरीलाई खबर गरिएको थियो।

कार्कीले कसले किन उक्त कुकर राखेको भन्ने प्रहरीले अनुसन्धान गरिरहेको र सेनाले निस्कृय पार्ने बताएका छन्।