विराटनगर । झापाको बुद्धशान्तिमा जंगली हात्ती धपाउन गएका एक युवकको सर्पको टोकाइ वाट मृत्यु भएको छ ।

बुद्धशान्ति–५का १५ बर्षिय किशोर अजित तामाङलाई बिषालु सर्पले टोकेर मृत्यु भएको हो । तामाङ मंगलबार राति ९ बजे जंगली हात्ती धपाउन निस्केका थिए ।

उनलाई उपचारका लागि सर्पदंश उपचार केन्द्र चारालीमा लगिएको थियो । उपचार सुरु भए लगतै मृत्यु भएको झापा प्रहरीले जनाएको छ ।