विराटनगर । प्रदेश १ को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको रिक्त पदाधिकारीलाई पूर्णता दिएको छ ।

दलको उपनेतामा यशोदा अधिकारी र सचेतकमा विमल कार्कीलाई चयन गरेको छ । प्रदेशसभाको सबैभन्दा ठुलो दल भए पनि एमालेले दलको रिक्त रहेका पदाधिकारीहरू टुङ्ग्याउन सकेको थिएन ।

सचेतक रहेका राजकुमार ओझा राज्यमन्त्री भएपछि सो पद खालि रहेको थियो । नेकपा हुँदा संसदीय दलको नेता शेरधन राई थिए भने उपनेतामा टंक आङवोहाङ रहेका थिए । आङवोहाङ माओवादीका हुन । नेकपा फुटेपछि भने एमालेले उपनेता छानेको थिएन ।

उपनेतामा अधिकारी र सचेतकमा कार्कीलाई नियुक्त गरिएको पत्र एमाले संसदीय दलले सभामुख प्रदीपकुमार भण्डारीलाई पत्र पठाएको छ ।