दमक ।दमक नगरपालीकाले आगामी आर्थिक वर्षको योजना तर्जुमा तथा बजेटमा समेट्नु पर्ने बिषयमा नगरका विभिन्न संघसंस्था तथा अगुवा नागरिकहरुसँग सुझाव संकलन सुरु गरेको छ । नगरपालिकाले सोमबार पत्रकारहरुका साथै विभिन्न संघ संस्थाका प्रमुखहरुसँग छलफल गरी सुझाव मागेको छ ।
बजेट तथा योजना तर्जुमा समिति संयोजक तथा नगर उप प्रमुख रेगिना भट्टराईकोको अध्यक्षतामा बिहान नगर क्षेत्र भित्र रहेका पत्रकारसँग सुझाव मागेको थियो । कार्यक्रममा अग्रज पत्रकार गञ्जबहादुर दाहाल, सक्रिय पत्रकार सञ्जालका अध्यक्ष गिरिराज भट्टराई, प्रेस चौतारी केन्द्रीय सदस्य टिकाराम उप्रेती, पत्रकारहरु कृष्ण कार्की, गोपाल झापाली लगायतले सुझाव राख्दै नगरपालिका सञ्चारमैत्री हुनु पर्ने सुझाव दिएका थिए ।
त्यसैगरी बजेट तथा योजना तर्जुमा समितिले नगरभित्र रहेका राजनैतिक दलका अगुवा साथै संघ संस्थाका प्रमुखहरुसँग छलफल गरेको छ । छलफलमा खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकका अध्यक्ष रोशन गौतम, महिला नेतृ ईक्सा सम्बाहाम्फे, दमक क्याम्पस प्रमुख डा. नेत्र बुढाथोकी लगायतले सुझा दिएका थिए ।
कार्यक्रमका अध्यक्ष समिति सम्योजक तथा नगर उप प्रमुख रेगिना भट्टराई, नगर प्रमुख राम थापा, प्रमुख प्रशासकीय अधिक्रित शशी राईले सबैका सुझाव समेटेर आगामी वर्षको बजेट ल्याउने बताए ।

