विराटनगर । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत डाक्टरलाई भेट्न आएकी युवतीको मृत्यु संकासपद  बनेको छ । ती युवतिले झुन्डिएर आत्महत्याको प्रयास गरेकी थिइन । उनको उपचारको क्रममा आज मृत्यु भएको छ ।

बाराको कलैया माइती र रौतहटको पौरही ५ मा विवाह गरेकी २६ वर्षीय प्रकृति सुबेदी बिपीमा कार्यरत डाक्टर करण यादवलाई भेट्न मंगलबार धरान आएकी थिइन् । उनलाई डाक्टर यादवले धरान १० स्थित जनहित गेस्ट हाउसमा कोठा बुक गरेर राखेका थिए । होटेलमा युवतीले ढोका नखोलेपछि डाक्टर यादवलाई खबर गरिएको थियो ।

डाक्टर यादव आएर ढोका खोलेर हेर्दा युवती तन्नाको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । उनलाई तत्काल बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसियुमा भर्ना गरी उपचार भइरहेकोमा आज बिहान उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

घटना लगत्तै डाक्टर करण यादवलाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।