विराटनगर । ताप्लेजुङको सिरिजंघा गाउँपालिका–७ खेवाङमा पहिरोमा पुरिएका दुई महिलाको शव फेला परेको छ ।
वर्षासँगै गएराति करिब साढे ८ बजे झरेको पहिरोले स्थानीय विष्णु अधिकारीको घर पुरिएको थियो ।

पहिरोमा पुरिएका विष्णुकी आमा तुलसा र पत्नी यशोदाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डिएसपी कैलाश राईले जानकारी दिए । विष्णु भने घाइते भएका छन् ।

पहिरोले अधिकारीका दुईवटै घर बगाएको छ भने पशुचौपाए पनि पुरेको बताइएको छ ।