विराटनगर । काठमाण्डौंमा सफलतापछि पाठशाला एजुकेशन एसोशिएसन् प्रालि विराटनगरमा पनि संचालनमा आउने भएको छ ।
विभिन्न विषयको तयारी कक्षा तथा टे«निङ्ग हुने ‘पाठशाला’ विराटनगरको ट्राफिक चौकमा रहेको नेपाल एसबीआइ बैंकको माथिल्लो तलामा संचालनमा आउने भएको हो ।
काठमाण्डौपछि विराटनगरमा पहिलो पटक पाठशाला संचालनमा आउन लागेको छ । पाठशालाको उद्घाटन असार ६ गते हुने संचालक सन्जय मण्डलले जानकारी दिए । उद्घाटनको दिन विराटनगस्थित होटल नमस्कार रेजेन्सिमा ओरियनटेसन पनि हुने छ । जहाँ विद्यार्थीहरूलाई विभिन्न तयारी कक्षाको विषयमा विज्ञता हासिल गरेको प्रशिक्षकहरूबाट प्रशिक्षण दिनेछ ।
विराटनगरमा संचालनमा आउने पाठशालामा CMAT, KUUMAT, BSc CSIT, IT, BIT, CA, Engeering, Medical तथा Paramedical लोकसेवा कक्षाको तयारी हुने संचालक मण्डलले जानकारी दिए । यसैगरि पाठशालामा टे«निङ पनि हुने गर्दछ । जसमा एयरहोस्टेजको टे«निकङ, बैकिङ्ग, एकाउनटिङ्गलगायतको तयारी कक्षा पाठशालामा हुनेछ । एयरहोस्टेज टे«निङ अहिलेसम्म विराटनगरमा हुने गरेको छैन ।
पाठशालामा एयरहोस्टेजको टेनिङ्ग संचालनमा आएपछि चर्को शुल्क तिरेर पोखरा र काठमाण्डौं धाउनुपर्ने बाध्यत्मक अवस्थाको अन्त्य हुनेछ । सम्पूर्ण तयारी कक्षाहरूमा सहभागि हुने विद्यार्थीहरूको लागि काठमाण्डौंदेखि आउने प्रध्यापक र शिक्षकहरूले दिनेछन् । ‘पाठशालामा तयारी कक्षा लिन आउने विद्यार्थीहरूको लागि हामीले अनुभवि प्रध्यापक र शिक्षकहरू ल्याउने गरेका छौं,’ संचालक मण्डलले भने, ‘जहाँ विद्यार्थीहरूले भयरहित बातवरणमा सिक्न पाउँछन् ।’
हालको लागि पाठशालाको सम्र्पक कार्यालय विराटनगरको ट्राफिकचौकस्थित गुरुकुल एजुकेशन फाउण्डेसनमा रहेको छ । विराटनगरमा खुलेको पाठशालाले सम्पूर्ण विद्यार्थी र अभिभावकहरूको मन जित्ने गरि ज्ञानहासिल गराउन सघाउने गुरुकुल एजुकेशनका संचालका रोशन निरौलाले बताए ।

