विराटनगर । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले उनले ९ महिना संसद विघटन गरेको र ९ महिना संसद अवरुद्ध गर्ने एमालेका सांसदहरुले तलब भत्ता लिएको छ कि छैन भनेर प्रश्न गरेका छन
मोदीको प्रश्न छ, ‘९ महिना संसद विघटन भयो। ९ महिना संसद विघटन गर्दा उहाँहरुले तलव भत्ता लिनु भयो कि भएन ? त्यसपछि ९–९ महिना संसद अवरुद्ध गर्नु भयो त्यसको तवल भत्ता लिनु भयो कि भएन ?’
उनले अन्य केहि देशहरुको उदारण दिदै दुई– दुई– तीन पटक संसद विघटन गर्नेलाई देश निकाला गर्ने ब्यबस्था भएको बताएका छन । उनले नेपालमा त्यस्तो व्यवस्था हुन्छ कि हुँदैन भनेर प्रश्न समेत उठाएका छन्।
‘अन्य संसारको उदारण हेर्दा दुई–दुई पटक, तीन–तीन पटक संविधान उल्लघंन गरेका कयौं त्यस्ता दलहरुलाई जनताले त बहिस्कार गर्छ, देश निकाला गर्छन। उहाँहरुलाई त धन्न देश निकाला गरेन। त्यो व्यवस्था हुन्छ कि हुँदैन ?,’ मोदीले भने।

