विराटनगर । प्रदेश सरकारले सहिद परिवारको सम्मानमा आर्थिक सहयोगको घोषणा गरेको छ । बजेट बक्तव्य मार्फत १ लाखको दरले सहयोग उपलब्ध गराउने घोषणा गरिएको हो ।

बजेट बक्तव्यमा भनिएको छ ‘जनयुद्ध, मधेश आन्दोलन, आदिवासी आन्दोलनमा शहादत्त भएका सहिदहरुको सम्मानमा उहाँहरुको परिवारका सदस्यलाई जनही १ लाखका दरले रकम उपलब्ध गराइने छ ।’

यस्तै सरकारले द्वन्द्व पीडितका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा निशुल्क उपचार गर्ने घोषणा पनि गरेको छ ।