विराटनगर । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले कक्षा ११ र १२ को पाठ्यपुस्तक साझा प्रकाशनलाई छाप्न दिने बताएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले कक्षा १–३ को पाठ्यपुस्तक निजी प्रकाशकबाट छपाइको काम भइरहेको समेत बताए ।
उनले भने, ‘पाठ्यपुस्तक व्यवस्थापन गर्न कक्षा १ देखि १२ सम्मको पाठ्यपुस्तक जनक शिक्षा सामग्री केन्द्र छपाइ तथा वितरण हुने व्यवस्था भए पनि कक्षा १–३ को पाठ्यपुस्तक निजी प्रकाशकबाट र कक्षा ११–१२ को साझा प्रकाशन मार्फत समेत छपाइ तथा वितरण हुने व्यवस्था मिलाइएको छ।’

