विराटनगर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्री फेर्ने भन्ने हल्ला नियोजित भएको बताएका छन् । प्रचण्डले अर्थमन्त्री शर्मालाई फोन गरेर बजार हल्लाको पछि नलागी काम गर्न सुझाव दिएका हुन् ।

‘माओवादीका मन्त्रीले जनमुखी बजेट ल्याएपछि बदनाम गर्नका लागि प्रतिक्रियावादी शक्तिले षड्यन्त्र गरेका हुन्, अहिले अर्थमन्त्री फेर्ने कुनै नीति छैन । निर्धक्कले काम गर्नुस्’ प्रचण्डले अर्थमन्त्रीलाई दिएको आश्वासनबारे स्रोतले भनेको छ ।

‘अर्थमन्त्री फिर्ता बोलाउने भनेर जेजे हल्ला चलाइएको छ । यो बदनाम गर्न फैलाएको अफवाह र पार्टीविरुद्धको षड्यन्त्रबाहेक केही होइन,’ प्रचण्डले भनेका छन्, ‘अर्थमन्त्रीले पार्टीको नीति निर्देशनमै काम गरिरहनुभएको छ । अहिले कुनै पनि मन्त्रीलाई फिर्ता बोलाउने पार्टीको नीति छैन ।’