विराटनगर । ५६८ औँ कबिर जयन्ती विविध कार्यक्रम आयोजना गरी मनाएको छ ।
विराटनगर ९ बाटा रोडमा श्री गुरु कबिर साहेब स्थानले आइतबार एक कार्यक्रम आयोजना गरी कबिर जयन्ती मनाएको हो ।
कबिर जयन्तीमा माला अर्पण, शान्ति भोजन र प्रवचन भएको थियो । महात्मा विसुणदेव दास, चम्बु महात्मा, बलराम दास थापा मगर, सतिचन महात्मालगायतले प्रवचन दिएका थिए । विराटनगरमा आधा दर्जन बढी कबिर मठमन्दिर रहेको सो मन्दिरहरूमा पूजा पाठ हुने गरेको श्री गुरु कबिर साहेब विराटनगरका अध्यक्ष बाबुप्रसाद यादवले बताए ।

