विराटनगर । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले मनसुन सुरक्षा पूर्व तयारी अभ्यास गरेको छ । शनिबार तीनवटै सुरक्षा निकायका जवानहरू संलग्न टोलीले विराटनगरस्थित संघीया खोलामा मनसुन सुरक्षा पूर्व तयारी गरेको हो ।
मनसुन सुरू भएसँगै हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै पूर्वतयारी थालिएको बताइएको छ । सुरक्षा पूर्व तयारी अभ्यासमा मोरङ प्रहरी, सशस्त्र र नेपाली सेना उद्दारमा संलग्न हुने सुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो । अभ्यासमा नेपाल रेडक्रसका प्रतिनिधि र कोशी अस्पताल स्वास्थ्यकर्मीहरू पनि संलग्न रहेका थिए ।





