विराटनगर । भन्सार छली गरि ल्याएको मकैसहितको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । विराटनगर–६ केसलियाबाट भन्सार छलेको पाँच बोरा मकैसहित ट्रक मोरङ प्रहरीले गएराती नियन्त्रणमा लिएको हो ।
२३ लाख ७५ हजार मूल्य बराबरको ट्रकम लोड भएको सामान भन्सार छलेको आशंका मोरङ प्रहरीले नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ ।
ना ४ ख १६७८ नम्बरको ट्रकमा लोड गरेर ल्याएको मकै भन्सार छलेको आशंका गरि नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाइएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
प्रहरीले बरामद गरेको मकै सुनसरीबाट आएको बुझिएको छ । भारतदेखि अवैध रुपमा तस्करी गरि सुनसरीको विभिन्न स्थानमा भण्डान गरि राख्ने गरेको पाइएको छ ।
प्रहरीले बरामद गरेको मकै सुनसरीको देवानगन्च ५ का शिव कृषि जन्य बस्तु खरिद बिक्री केन्द्रको रहेको प्रहरीले जनाएको छ । प्रहरीलाई झुक्याउन नक्कली बिलबिजक बनाएको पाइएको छ । शिव कृषि जन्य बस्तु खरिद बिक्री केन्द्रले भारतदेखि भरिया प्रयोग गरि तस्करीको मकै देवानगन्चमा ल्याएर राख्ने र त्यसपछि नक्कली बिलबिजक बनाएर बजार पठाउने गरेको पाइएको छ । मोरङ प्रहरीले बरामद गरेको मकै सुनसरीको दुहबी पठाउदै गर्दा केसलियादेखि नियन्त्रणमा लिएको हो ।

