काठमाडौं । अमेरिकी सेनाको इन्डो प्यासिफिक (प्रशान्त क्षेत्रीय) कमाण्डका कमान्डिङ जनरल चार्ल्स ए फ्लिन आज चार दिने नेपाल आउँदैछन्। फ्लिन भारत भ्रमणमा पछि नेपाल आउन लागेका हुन ।
फ्लिनले शुक्रबार प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नेछन्। शुक्रबार नै उनले प्रधानसेनापति प्रभुराम शर्मासँग जंगी अड्डामा भेटवार्ता गर्नेछन्।
त्यसपछि उले काठमाडौंस्थित अमेरिकी दूतावासले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछन्। उनी शुक्रबार बेलुका नै प्रधानसेनापति शर्माले आयोजनाको रात्रिभोजमा सहभागी हुनेछन्।

