विराटनगर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गप्रसाद विश्वकर्मा (प्रकाण्ड) ले गृहमन्त्री बालकृष्ण खाँणसँग भेट गर्दै पार्टीका नेता–कार्यकर्ताको मुद्दा फिर्ता लिइदिन माग गरेका छन ।
प्रकाण्ड गृहमन्त्री खाँणलाई भेट्न आज बिहान गृहमन्त्रालय पुगेका थिए ।
गृहमन्त्रालयमा भएको भेटवार्तामा प्रक्राण्डले विभिन्न अभियोगमा पक्राउ परेर थुनामा राखिएका आफ्ना पार्टीका नेता–कार्यकर्ताको मुद्दा फिर्ता लिएर उनीहरूलाई रिहाई गर्न गृहमन्त्री खाँणसँग माग गरेका छन् ।

