विराटनगर । नेकपा एकीकृत समाजवादीले नयाँ बन्ने मन्त्रीहरुको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ ।
पार्टीको सचिवालयको बैठकले यसअघि सरकारमा रहेका ५ नेतालाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलले सरकारमा सहभागी गराउन ५ नेताको नाम प्रधानमन्त्री देउवालाई बुझाएको बताएका छन ।
उनका अनुसार अब भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्नेछन् भने जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी शहरी विकास, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्नेछन् । त्यस्तै हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बन्नेछन् ।
यसअघि एकीकृत समाजवादीबाट स्वास्थ्यमा विरोध खतिवडा, पर्यटनमा प्रेमबहादुर आले, शहरी विकासमा रामकुमारी झाँक्री, श्रममा कृष्णकुमार श्रेष्ठ मन्त्री थिए । स्वास्थ्य राज्यमन्त्रीमा भवानी खापुङ थिए ।

