विराटनगर । यस वर्षको मनसुन एक साताअघि नै नेपाल आइपुगेको छ। मौसम पूर्वानुमान महाशाखाले आइतबार दिउँसो विशेष बुलेटिन जारी गर्दै पूर्वी नेपालमा मनसुन प्रदेश १ मा प्रवेश गरेको जनाएको छ ।

‘नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो।

हाल यस वर्षको मनसुन प्रणाली आज देखि प्रदेश १ मा आगमन भएको पूर्वानुमान महाशाखाले जनाएको छ।

यस वर्षको मनसुन सरदर मितिभन्दा अगाडि नै नेपालको पूर्वी भू–भागमा प्रवेश गरेको देखिन्छ,’ महाशाखाले भनेको छ,‘नेपालको अन्य भू–भागमा भने केही दिनपछि मनसुन प्रवेश हुने अनुमान गरिएको छ।’