विराटनगर । एमालेका सचिव योगेश भट्टराईले अप्ठ्यारो बेलामा सबै समालिनु पर्ने भन्दै आवेग, उत्तेजना र आग्रहमा गरिने कुनै पनि क्रिया र प्रतिक्रियाले सही ठाउँमा नपुर्याउने बताएका छन् ।

एमाले नेता घनश्याम भुसालमाथि कारबाही सिफारिसप्रति भट्टराईले असन्तुष्टि जनाउदै यस्तो बताएका हुन ।

‘अप्ठ्यारो बेलामा सबै समालिनु पर्छ । आवेग, उत्तेजना र आग्रहमा गरिने कुनै पनि क्रिया र प्रतिक्रियाले सही ठाउँमा पुर्याउँदैन । फेरी पनि बादे बादे जायते तत्व बोध ’ उनले भने ।

एमालेको अनुशासन आयोगले अध्यक्ष केपी ओलीविरुद्ध अभिव्यक्ति दिएको भन्दै घनश्यामलाई कारबाही सिफारिस गरेको थियो ।