विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा नवजात शिशुको मृत्यु भएपछि अस्पताल तनाबग्रस्त बनेको छ ।
मोरङको बेलबारी – ७ बाहुनी घर भएकी २४ वर्षिय स्वितमा प्रधानको नवजात शिशुको गएराती मृत्यु भएपछि अस्पताल आज विहानदेखि तनावग्रस्त बनेको हो ।
प्रधानको शुक्रबार राती ८ बजे नर्मल डेलिभरी भएर छोरीलाई जन्म दिएकी थिइन् । ‘गाइनो वार्डमा छोरीलाई जन्म दिएपछि नवजाजत शिशुले दिशा मुखमा परेको रहेछ भन्दै उपचार गर्न लगिएको थियो । राती ११ बजे मृत्यु भएको खबर आयो । विहान घर जाने बेलामा डिस्चार्ज पेपरमा मरेको बच्चा जन्मिएको ‘स्टील बन्थ’ भनेर लेखिएको छ,’ श्रीमान दिपेन्द्र श्रेष्ठले भने, ‘डिस्चार्ज पेपरमा कसरी यस्तो लेखियो भनेर बुझदा अस्पताल प्रशासनले कसैलाई भेटन दिएको छैन । अस्पतालको स्वास्थ्यकर्मीहरूको लापरबाही रहेको छ ।’ डिस्चार्ज पेपरमा कसरी मरेको बच्चा जन्मिएको भन्ने विषयमा अस्पतालका चिकित्सक र प्रशासनसँग बुझन खोज्दा अहिलेसम्म भेटन नदिएको उनीहरूको भनाई छ ।

‘नर्मल जन्मिएको बच्चा पछि उपचार गर्ने क्रममा मृत्यु भएको छ,’ दिपेन्द्रले भने, ‘तर, कसरी डिस्चार्ज पेपरमा पेटभित्र मरेको बच्चा जन्मियो भनेर लेखियो । यस विषय बुझन खोज्दा हामीलाई चिकित्सकसँग अहिलेसम्म भेटन र कुरा गर्न नदिएपछि आन्दोलनमा उत्रिनु परेको छ ।’
यता कोशी अस्पतलाका मेसु डा. यज्ञराज खरेलसँग घटनाको विषयमा बुझन सम्र्पक गर्दा उनको फोन अफ रहेको छ ।

