विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङको अध्यक्षमा अमित ढकाल निर्विरोध निर्वाचित भएका छन् ।
विराटनगरमा शुक्रबार सम्पन्न भएको छैंटौ जिल्ला अधिवेशनबाट ढकाल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
विराटनगरस्थित अर्किड कलेजका अध्यक्ष पनि रहेका ढकाल यसअघि हिसान मोरङको वरिष्ठ उपाध्यक्ष रहेका थिए । नवनिर्वाचित अध्ययक्ष ढकालले निजी कलेजहरूको विकासमा ध्यान दिने बताए । अहिले पनि राज्यले निजी उच्च माविहरूलाई बिभेद गरेको बताए । उनले राज्यको विभेदकारी नीति अन्त्य गरिनुपर्नेमा जोड दिए । ‘अहिले सरकारले प्राविधिक विषय अध्ययन गराउन निजीलाई दिएको छैन । त्यस्तो विभेदकारी नीति अन्त्य हुनुपर्दछ,’ उनले भने ।

हिसान मोरङको वरिष्ठ उपाध्यक्षमा टि.एन. तिम्सिना, उपाध्यक्ष मोहन कुमार श्रेष्ठ, मनोज गुप्ता, सचिब गोविन्द निरौला, सह–सचिब ललित नारायण र कोषाध्यक्षमा कान्तिपुर कलेजका प्रमुख भुवन नेपाल निर्विरोध निर्वाचित भएका छन् । यस्तै सदस्यहरूमा विरेन्द्र कुमार चौधरी, बिक्रम महर्जन, भास्कर भट्टराई, खड्ग डागी, दुर्गा पौडेल, विजय कुमार माझीलगयात रहेका छन् ।
सोही अवसरमा मेरील्याण्ड कलेजका संस्थापक अध्यक्ष गुणराज ढंङगेललाई सम्मान गरेको छ । सम्मानित भएका ढुंङगेललाई प्रमुख अतिथि हिसानका केन्द्रीय अध्यक्ष रमेश सिलवालले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।