संयुक्त चुनावी अभियानमा गठबन्धन

दमक । नेकपा एमालेको विरासत भत्काउन महागठबन्धन गरेका दलहरुले झापाको दमकमा संयुक्त निर्वाचन प्रचारको काम थालेका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीसहितको गठबन्धनका उम्मेद्वारहरु चुनावी अभियानमा मतदाताको घर–घर पुग्न थालेका हुन् ।

वैशाख ३० गते हुने निर्वाचनको परिणाम आप्mनो पक्षमा पार्न गठबन्धनको तर्पmबाट नगर प्रमुखका उम्मेद्वार राम थापा, उपप्रमुखका उम्मेद्वार रेगिना भट्टराई प्रसाईं वडाका उम्मेदवारसहित चुनावी अभियानमा छन् । १० वटा वडा रहेको दमकमा प्रमुख र उपप्रमुखको उम्मेद्वार सबै वडामा पुग्नेगरि तालिका बनाएर चुनावी अभियान थालिएको गठबन्धनको प्रचार संयोजक तिर्थराज बस्नेत शंकरले जानकारी दिए ।

दमकमा राप्रपाका प्रदेश अध्यक्ष राम थापालाई मेयर र काँग्रेसका भट्टराईलाई उपमेयर बनाएर दलहरुले वडासम्म गठबन्धन गरेका छन् । १० वडामध्ये ४ वटा काँग्रेसले, ४ वटा माओवादी केन्द्रले र २ वटा राप्रपाले लिएका छन् । मतदाताबीच परिचित व्यक्तिहरु उम्मेदवार भएकोले जनस्तरबाट राम्रो स्वागत पाएको र दमकले नेतृत्व परिवर्तन चाहेको देखिएको गठबन्धनको दावी छ ।

प्रमुख र उप प्रमुखका उम्मेद्वारहरुले शुक्रबार वडा नम्बर ७ मा र शनिबार वडा नम्बर १ मा चुनावी अभियान सञ्चालन गरेका छन् । दमकमा एमालेबाट निवर्तमान उपमेयर गिता अधिकारीले मेयरमा र अम्बिका खनालले उपमेयरमा उम्मेदवारी दिएका छन् ।

शनिबार, १७ बैशाख, २०७९, रातीको ०८:२५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर