विराटनगर । सवारी साधनहरूको ब्याट्री चोरी आरोपमा प्रहरीले तीन जनलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका भित्र सिटी सफारी र टेम्पोको ब्याट्री चोरी आरोपमा प्रहरीले तीन जनलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका ८का २२ वर्षिय मोहमद जुमन, विराटनगरका १२ का २२ वर्षिय पवन रविदास र विराटनगर महानगरपालिका –११ का ३४ वर्षिय मोहमद अन्सारूल पक्राउ परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।
पक्राउ परेका आरोपीहरूले विराटनगर ६ स्थित रामपुर चौकमा को २ ह ३६१० नम्बरको अटो टेम्पोमा सिटी सफारीमा प्रयोग हुने ५ थान ब्याट्री चोरी गरी लाँदै गरेको अवस्थामा पक्राउ गरिएको डिएसपी श्रेष्ठले बताए । पक्राउ परेका तीन जनाले वि.न. १ ह ००९३ र को १ ह ७८१८ नम्बरको दुई वटा सिटी सफारी समेत चोरी गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।