विराटनगर । विराटनगर – ३ स्थित पेरागन बोर्डिङ स्कूलमा एक दिवसीय योग कक्षा संचालन भएको छ । भारत उत्तराखण्ड स्थित हरिद्वारबाट आएका योग गुरु महिला केन्द्रीय साध्वी देवादिती तथा मुख्य केन्द्रीय प्रभारी साध्वी देव विजय आएर योग कक्षा संचालन गरेकी हुन् ।
दुईघण्टा लामो योग कार्यक्रमको समापन गर्दै संचालक अध्यक्ष घिमिरेले योग शिविरमा सिकेका कुरा दैनिक जीवनमा प्रयोगमा ल्याउन सके विद्यार्थीलाई शारीरिक तथा मानसिक रुपमा स्वस्थ्य रहन यस योगकक्षा कोसेढुङ्गा सावित हुने बताए । पेरागनका ४१७ जना विद्यार्थी योगा कक्षामा सहभागी रहेका थिए ।
पेरागन बोर्डिङ्गले आयोजना गरेको उक्त योग शिविरमा पताञ्जली योग समिति मोरङ्गको संयोजन रहेको थियो । कार्यक्रमको अध्यक्षता पेरागन बोर्डिङका संचालक अध्यक्ष दीपकप्रसाद घिमिरेले गरेका थिए । कार्यक्रममा पताञ्जली योग समिति मोरङ्गका अध्यक्ष धुर्व तामाङ्ग, महामन्त्री विकाश जि सी, कोषाध्यक्ष सुरेश अग्रवाल , विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिप्रसाद भट्टराई, विद्यालयका प्रिन्सिपल युधिष्ठिर पौड्याल, सगठन मन्त्री यसोदा पराजुली, महानगर उपाध्यक्ष कुमारी तामाङ , जिल्ला समन्वय समिति अध्यक्ष लक्ष्मी चौधरी , जिल्ला समिति सदस्य प्रह्लाद दङ्गाल , महानगर योग शिक्षक ज्ञानु बोगटी, प्रकाशेश्वर शिवालयका अध्यक्ष भवानीप्रसाद घिमिरेको उपस्थिति रहेको थियो ।

