विराटनगर । पूर्वाञ्चल क्रिकेट क्लब विराटनगरमा जारी इन्डो–नेपाल टि–२० ‘मिल्स कप क्रिकेट’ प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । मिल्स क्रिकेट क्लव एण्ड एकेडेमीको आयोजनामा विराटनगरस्थित जुट मिलको खेल मैदानमा जारी प्रतियोगिताको शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा एमसिसी ‘ए’ क्रिकेट क्बल विराटनगरलाई ३९ रनले हराउँदै पूर्वाञ्चल फाइनल प्रवेश गरेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको पूर्वाञ्चलले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २०३ रनको विशाल योगफल खडा गरेको थियो । पूर्वाञ्चलका लागि सोनु अन्सारीले ३९ बलमा ७३ रन बनाए । सोनुको ब्याटबाट ६ छक्का र ८ वटा चौका निस्कियो । पूर्वाञ्चलका सिद्धार्थ लोहनीले पनि विष्फोटक इनिङ खेले । ४४ रन बनाएका उनको ब्याटबाट ६ छक्का र १ चौका निस्कियो । अलराउण्ड प्रर्दशन गरेका पूर्वाञ्चलका मन्जित श्रेष्ठले ४७ जोडेका थिए भने बलिङ क्रममा पनि दुई विकेट हात पारेका थिए । श्रेष्ठको ब्याटबाट ३ छक्का र ५ चौका निस्कियो ।

जितसँगै पूर्वाञ्चलले शनिबार हुने दोस्रो सेमिफाइनल खेलमा समशेर क्रिकेट क्बल कानपुर भारत र सन्नी क्रिकेट क्बल कटियार भारतसँगको बिजेता टिमसँग उपाधिको लागि भिड्नेछ । पूर्वाञ्चलले दिएको २ सय ४ रनको विजय लक्ष्य पछ्याएको एमसिसी ‘ए’ ले १८ दशमलव १ बलमा १६४ रन मात्रै बनाउन सक्यो । एमसिसी ‘ए’ का सन्तोष कार्कीले १९ बलमा २४ रन र तिर्थराज दासले ३० बलमा ३३ रन जोडे । पूर्वाञ्चलको जितमा अजय राजवंशीले उत्कृष्ट प्रदर्शन गरे । उत्कृष्ट बलिङ गरेका अजयले ४ विकेट हात पारे ।

श्रवण यादव र मन्जित श्रेष्ठले समान २÷२ विकेट लिए । एमसिसी ‘ए’ का बुलन सहनी र महबुब आलमले समान ३÷३ विकेट लिए । पूर्वाञ्चललाई फाइनल यात्रा पु¥याउन उत्कृष्ट खेल प्रर्दशन गरेका अजय राजवंशी म्यान अफ द म्याच घोषित भए ।