विराटनगर । प्याडिलक्स गल्स अन ह्विल’प्रतियोगिताको बिजेता गंगा खतिवडा र शिल्पा सुवेदी घोषित भएकी छन् ।
राउन्ड टेबल नेपालको आयोजनामा विराटनगरको जैन भवनमा मंगलबार साँझ सम्पन्न भएको प्रतियोगिताको फस्ट रनअप भिसाका कोचर र आकृति धनवल तथा सेकेण्ड रनरअप प्रशंशा बस्नेत र आयुषी अग्रवाल घोषित भएका छन् ।
विजेता खतिवडा र सुवेदीले ४८ हजार रुपैयाँ मूल्य पर्ने एमआइको ४० इन्चको टेलिभिजनलगायतका विभिन्न गिफट ह्याम्पर प्राप्त गरेका छन् । विजेता प्रतियोगिहरुलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी अरुणकुमार बिसीले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा एक स्कुटरमा दुई जनाको दरमा ७५ वटा स्कुटरको सहभागीता गराएको राउन्ड टेबल नेपालका अध्यक्ष भवेष राठीले जानकारी दिए । प्रतियोगितामा सहभागिता जनाउनेहरुको लागि १ हजार ५ सय रुपैयाँ दर्ता शुल्क रहेको थियो ।