प्रमिल अधिकारी
सन् २००६ ताका मी टु मुभमेण्टको रुपमा महिलामाथि हुने यौनदुब्र्यवहार विरुद्ध सामाजिक सञ्जालमा विशेष अभियान सञ्चालन गरिएको थियो । अमेरिकन अभियानकर्मी ताराना बुर्केले शुरु गरेको मी टु मुभमेण्टमा पछि विश्वका धेरै सेलिब्रेटीहरुले समर्थन सहित विश्वब्यापी अभियान चलाए । ग्लामर क्षेत्रमा हुने महिलामाथिको लुकेका घटनाहरुलाई मिटु मुभमेण्ट सबैको बहस बन्यो । नेपालमा पनि मिटु मुभमेण्टको बाछिटा नपरेको भने होइन । तर, विस्तारै मु टु मुभमेण्ट सुस्ताएर गयो । मि टु मुभमेण्ट शक्ति र प्रभावले महिलामाथि हुने यौनजन्य अपराधलाई अन्त्य गर्ने सवाल निष्र्कषमा पुग्न सकेन । ग्यामर क्षेत्रमा मैलाएको यौनजन्य हिंसालाई भने मि टु मुभमेण्टले पर्दाफास गरेको छ ।
नवउदयमान एक बाल गायीकाले पछिल्लो समयमा आफू पल शाहबाट जवरजस्ती करणी भएको उजुरी दिएपछि यस क्षेत्रमा मैलाएको हिंसाको बहस पुनः सतहमा आएको छ । पलका डाइहार्ट फ्यानहरुले पल निर्दोष रहेको भन्दै पीडितविरुद्ध छन् । कलाकार पुजा शर्मा दलबलसहित तनहुँको प्रहरी कार्यलायमा पुगेर पलको पक्षमा बोलेको कुराले हामी सबैलाई गिज्यायो । अधिकारकर्मी बन्दान राणा, नायिका करिश्मा मानन्धर पनि भिडमा देखिए । केही सञ्चार गृहहरु पनि पलवादी भएर समाजको कुरुप दृश्यको प्रतिनिधित्व गरे । यी त प्रतिनिधिमूलक पात्र मात्र हुन्, समाजमा रहेका राजनीतिक दल, समाजसेवी, बुद्धिजीवी र सुकिलामुकिलाको आवरणमा भएका यस्ता ब्यवहार समाजिक न्याय, समानता तथा निरुपणको लागि बाधक छन् ।
आफू पीडित भएको भन्दै न्याय माग्दा जाने बालिकालाई समर्थन गुर्नको साटो उनकै विरुद्ध तथानाम बोल्नेले न्यायलय र प्रहरी अनुसन्धान पनि प्रभावित पर्न खोजेको देखिन्छ । नवगायिकामाथि स्टार ड्रमको आवरणमा गरिएको अपराधलाई छम्य हुन्न । तर, अहिलेको बसह हेर्दा नेपालमा महिलामाथि हुने हिंसालाई अन्त्य गर्ने सवाल चुनौतिपूर्ण रहेको देखिन्छ ।
पीडितलाई सान्त्वना दिनुको साटो छिछि र दुर्ददुर गर्ने हाम्रो कस्तो समाज ? न्याय प्राप्तिको लागि पीडितलाई आत्मबल दिने प्रयास दिन नसक्ने पलवादीहरु समाजका भाइसर हुन् । स्टारको नाममा कसैलाई पनि अपराध गर्ने छुट हुन्न । यो लडाइमा मि टु मुभमेण्ट चाल्नुपर्ने हो । तर, त्यो हुन सकेन । यो एक अवसर थियो, जहाँ मि टु मुभमेण्टमार्फत पीडितले न्याय पाउन सक्थिन् वा कलाकारिता क्षेत्रमा हुने गरेको महिला हिंसालाई पर्दाफास गर्न सकिन्थ्यो । एक परिपक्क ३२ वर्षे कलाकारले १६ वर्षीया बालिकालाई ललाइफकाइ यौन सम्बन्ध राख्नु जवरजस्ती करणी नै हो । मानसिक रुपमा अपरिपक्क हुने, बहकाउमा लाग्ने उमेर, निर्णय गर्ने क्षमता नभएका अपरिपक्व अवस्थाको फाइदा लुट्ने कार्य अक्षम्य हो । कानूनले १८ वर्षभन्दा कमउमेरका बालिकासँग सहमतिमै यौनसम्पर्क गरे पनि जवरजस्ती करणीको रुपमा लिएको छ । त्यस्तो कार्य गर्नेलाई १० वर्षदेखि १२ वर्षसम्मको जेल सजाय हुनसक्ने कानुनी ब्यवस्था छ ।
ग्यामर क्षेत्रमा महिला कलाकारहरुलाई हुने हिंसाको विरुद्धमा बोल्न कमै कलाकारहरुले आट गर्लान् । केही समय अगाडि साम्राज्ञी शाहले पनि आफूमाथि हिंसा भएको बताएकी थिइन् । तर, त्यो घटना सेलाएर गयो । केही महिला कलाकारहरुले हिंसालाई सहन नसकेर आत्माहत्याको बाटो रोजेका घटनाहरु छन् । जेनिसा खड्का र प्रकाश ओझासँगको यौनकाण्ड सार्वजानिक भएपछि खड्काले अत्महत्याको बाटो रोजिन् । शरीर बेचेर प्रसिद्धि कमाउनुपर्ने महिला कलाकारहरुको बाध्यता हटाउन सबै सचेत हुनुपर्छ । कलाकारिता क्षेत्रमा मौलाएको हिंसाको अन्त्य गर्ने सवालमा स्थापित महिला कलाकारहरु नै एक आरोपित ब्यक्तिको पक्षषोणमा लाग्नु यो क्षेत्रको कुरुप चित्र हो ।
यो घटना नेपाल सरकार तथा न्यायक्षेत्रको लागि पनि अर्को अग्नीपरीक्षा हुनसक्छ । पलवादीहरुको मन मिल्दा चमत्कार अनि नमिल्दा बलात्कार, बार्गेनिङ नमलिेपछि करणी भएको आरोप, चुकुल नलगाइ सुत्ने अनि बलात्कार भयो भन्ने, आफुलाई सम्हाल्न नसक्ने अरुलाई दोष दिने जस्ता तुच्छ लाञ्छना महिला तथा बालबालिका हिंसाको लागि चुनौतिपूर्ण र अपराधिक सोच हुन् । यस्ता प्रवृत्ति तथा ब्यक्तिले समाजलाई असन्तुतिल बनाउँछ । यदि पल शाहलाई जवरजस्ती करणीको आरोपमा मानहानी मात्र भएको भए उनले न्याय पाउनु पर्दछ । तर, उनले अपराध गरेको भए कुनैपनि बहानामा छुट हुनुहुन्न ।
कलाकारिता क्षेत्रमा हुने हिंसालाई रोकेर मर्यादा कायम गर्न कलाकारहरु एकजुट हुनुपर्ने हो । महिला कलाकारहरुमाथि हुने हिंसालाई ढाकछोप गर्ने प्रयास भए आगामी दिनमा यस्ता घटना झनै बढ्नेछ । पितृसत्तात्मक सोच र ब्यवहारको उपज रहेका यस्ता घटना नियन्त्रण गर्न चलचित्र विकास बोर्ड पनि गम्भीर हुनुपर्छ । कलाकारिता पेशालाई ग्यामरको रुपमा मात्र नहेरी समाज रुपान्तरणको लागि प्रगतिशिल ढंगले सोचको विकास गर्ने बेला आएको छ । यो घटनामा देखिएका आर्का पात्र दुर्गेश थापाको पनि अनुसन्धान हुनुपर्दछ । थापाका प्रस्तुतीहरु पनि समाजको लागि पाच्य छैनन् ।
पीडित बालिका भएकोले यसमा बालअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय कानुन, बालबालिका सम्बन्धी ऐन २०७५ पनि आकर्षित हुन्छ । राष्ट्रिय बालअधिकार परिषद्, राष्ट्रिय मानवअधिकार आयोग, महिला आयोगहरुको भूमिका यो प्रकरणमा कस्तो रहेको छ ? चलचित्र विकास बोर्ड के गर्र्दैछ ? गम्भीर हुनुपर्छ । यस्ता घटनालाई सामान्य रुपमा लिने हो भने आगामी पुस्ता कलाकारिताको क्षेत्रमा हिंसाको शिकार बन्ने मात्र होइन समाजिक, घरेलु हिंसाको रुपमा पनि बालबालिका तथा महिला पीडित हुनुपर्ने हुन्छ । यो घटनाले महिला तथा बालबालिकामासथि नजिकका आफन्त र चिनजानकै व्यक्तिबाट हिंसा भइहरेको छ भन्ने तथ्य उजागर गरेको छ ।
सेलिब्रेटीका आचरण, पहिरन र ब्यवहार प्रत्यक्षरुपमा समाजमा प्रतिविम्वित हुन्छन् । अझ युवा पीडिहरुमा त्यसको नक्कल तुरुन्त हुने भएकोले कलाकारिता क्षेत्रलाई शुद्धिकरण गर्ने यो अवसरलाई सबैले सदुपयोग गरौँ । बालिका तथा महिलामाथि हुने हिंसाको अन्त्यको लागि पुरुषहरुको भूमिका महत्वपूर्ण हुन्छ । बालिका तथा महिलालाई सम्मान गर्ने, कार्यस्थल तथा सार्वजनिक स्थानमा महिलालाई सम्मान गर्ने सभ्य समाजको निर्माण गरौँ । अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहँदा बालिकाहरुको अधिकार, सम्मान र रक्षाको लागि सबैक्षेत्र लाग्नुपर्ने देखिन्छ ।
मेरो फरक मत छ।