विराटनगर । विराट राजवंशी प्रगतिशील समाज समितिले खुल्ला रक्तादान कार्यक्रम आयोजना गरेको छ । विराटनगरमा शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा ३५ प्रिन्ट रगत संकलन भएको कुशेश्वर राजवंशीले जानकारी दिए ।
रगत नपाएर कसैको पनि ज्यान नजाहोस र रक्तसंचार केन्द्रमा रगत अभाव भइरहेको अवस्थालाई मध्यनजर राख्दै खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको विराट राजवंशी प्रगतिशील समाज समितिको अध्यक्ष किरण राजवंशीले जानकारी दिए ।