विराटनगर । विराट व्यपार संघको अध्यक्षमा नरेश खत्री चयन भएका छन् । विराटनगरमा शनिबार भएको संघको ११ औँ वार्षिक साधरणसभाबाट खत्री अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
संघको उपाध्यक्षमा प्रमोद जिङदल र चन्द्र प्रसाद अधिकारी, महासचिवमा प्रविण अग्रवाल, कोषाध्यक्षमा किरण ढुङगेल रहेका छन् । विराट व्यपार संघले व्यपारीहरुको हितको लागि काम गर्दै आएको र हरेक व्यपारीहरुको समस्यालाई आफ्नो निजि समस्या सम्झेर व्यवसायीहरुको हकहितमा क्रियाशिल भएर काम गर्ने नवनिर्वाचित अध्यक्ष खत्रीले बताए ।