विराटनगर । साहित्यकार माधव बहादुर पोख्रेलको नाट्य कृति ‘ऐनाभित्रको आकाश’ विमोचन गरिएको छ । ‘ऐनाभित्रको आकाश’ पोख्रेलले तेस्रो कृति हो ।
यसअघि पोख्रेलको नाट्य कृति ‘अकांक्षाको चिता’ २०६९ सालमा प्रकाशित भएको थियो भने कविता संग्रह ‘रित्तिएको गाउँ’ २०७० सालमा प्रकाशित भएको थियो । ‘ऐनभित्रको आकाश’ विमोचन कार्यक्रम मातृभूति साहित्य समाजका उपाध्यक्ष कृष्णप्रसाद दाहालको अध्यक्षता तथा कलाकार रमेश बुढाथोकीको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको पनि आतिथ्य रहेको थियो ।
मातृभूमि साहित्य समाज मकवानपुरका अध्यक्ष समेत रहेका पोख्रेलको कृति ‘ऐनाभित्रको आकाश’ को प्राध्यापक, साहित्यकार नीरा शर्मा र प्राध्यापक, समीक्षक घनश्याम घिमिरेले समीक्षा गरेका थिए । पोख्रेलको ‘ऐनभित्रको आकाश’ को प्रकाशन मातृभूमि साहित्य समाजले गरेको हो ।

