विराटनगर । जाडोमा ज्येष्ठ नागरिकलाई न्यानो कपडा र पौष्टिक आहार बितरण गरिएको छ । समर्पण नेपाल स्पोट्ङि क्लबले मंगलबार एक कार्यक्रम आयोजना गरि ज्येष्ठ नागकिरहरुलाई जाडोमा न्यानो कपडा र पौष्टिक आहार बितरण गरेको हो ।
ज्येष्ठ नागरिकहरुलाई न्यायो कपडा नेपाली काँग्रसे मोरङका उपसभापती नागेश कोईराला, कांग्रेस नेतृ अनुजा कोईरालाले बितरण गरेका थिए । ४० जना ज्येष्ठ नागरिकहरुलाई न्यायो कपडा र पौष्टिक आहार वितरण गरेको क्लबका अध्यक्ष अनिल थापाले जानकारी दिए । यस अघि पनि सो क्लबले ५० जना ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा र पौष्टिक आहार बितरण गरिसकेको छ ।

