प्रमिल अधिकारी
मैले सुनेको विराटनगरले जे बोल्छ त्यसपछि नेपालले बोल्छ । अर्थात् विराटनगरले बोले पछि मात्र काठमाडौं वा देशले बोल्छ । स्वर्गीय गिरिजाप्रसाद कोइराला कुनै पनि महत्वपूर्ण निर्णय गर्नु पर्यो भने विराटनगर आएर नै यस्तो गर्दैछु भन्थे । विराटनगरलाई वैद्धिक तथा राजीतिज्ञको उर्वर मानिन्थ्यो । तर, पछिल्लो समयमा विराटनगरले आफ्नो पहिचान गुमाउँदै गइरहेको अभास हुन थालेको छ । वैचारिकरुपमा वहसको अभाव हुन थालेको छ । राजनीतिक नेतृत्वहरुको गुटबन्दी र व्यक्तिगत स्वार्थले विराटनगरले देशलाई दिशानिर्देश गर्न सकिरहेको छैन ।
नेपालको संविधान जारी पश्चात किन सरकारले पूर्वलाई अर्थात् केशीपारीलाई प्रदेश १ भनि संज्ञा दियो ? किन १ नम्ब भनेर संज्ञा दियो भन्ने कुराको खासै तुक छैन होला । तरपनि संघले कोशी पारीलाई हेर्न दृष्टिकोण फरक भएकै आधारमा १ नम्बर पूर्वबाटै सुरुवात गरिएको हुनुपर्दछ । यसको भावको रूपमा कोशीपारीका क्षेत्र विकासको दृष्टिकोणमा अगाडि छौं भन्ने पनि हो । मैले जोड्न खोजेको विषय भनेको प्रदेशको नामाकरणमा ढिला भएको विषय हो । यस विषयलाई मैले प्रदेश १ तथा नेतृत्वलाई कुरीकुरी भनेर गिज्याउन आवश्यक ठानँे । किनकी विराटनगरको पृष्ठभूमि भनेको विचार र अभियानको नेतृत्व गर्ने हो ।
नेपालमा संघीयता पछि सबै प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्ने विषय जटिल नै थियो । जातीय, भौगोलिक, धार्मिक, सांस्कृतिक पहिचानसहितको अधिकारका नाराहरु थिए र अहिले पनि छन् । तर, जातीय नारा लगाउनेलाई जनाताले पाखा लगाइसके । नेपालीको पहिचान भनेको नै विविध भाषा, धर्म, जात र सम्प्रदाय मिलेर बस्ने हो । विखण्डन ल्याउने आफैं विलय हँुदै जाने स्थिति आएको छ । त्यसैले प्रदेश १ बाहेक अन्य प्रदेशहरू सुदुरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बाग्मती, मधेस प्रदेश भनेर नामाकरण गरिसकेका छन् । जसले कुनै पनि जात, वर्ग सम्प्रदायलाई मात्र प्रोत्साहन नगरी प्रदेशको सबै वर्ग र सम्प्रदायको पहिचान र सम्मान गरको छ ।
नेपालको ६ वटै प्रदेशको नामाकरण भइसकेको अवस्थामा प्रदेश १ मात्र नामाकरण गर्न नसक्दा प्रदेश १ सरकारलाई नैतिकरूपमा दवाव परेको छ । हिंजोमात्र प्रदेश २ सरकारको प्रदेशसभाले मधेस प्रदेश राखेर आफ्नो इज्जतलाई उच्च बनाएको छ । हुनत मधेस प्रदेशले मेधेसी भनेर भनिने र गरिने सोचमा परिवर्तन आउन धेरै समय लाग्ने छ । यसले पहाडे र मधिशे भनेर भइरहेको विभेदलाई अन्त्य गर्नको सट्टा थप भौगोलिक आधारको विभेदलाई विजारोपण गर्नेछ । व्यक्तिगत रूपमा मधेस प्रदेशभन्दा जानकी वा अन्य कुनै भएको भए राम्रो हुने थियो भन्ने व्यक्तिगत विचार हो । अझै पनि मधेसी भनेर गरिने व्यवहार कमी आसोस् भन्ने कामना छ । पहाडे भनेर गरिने व्यवहार अन्त्य होस् । माननीय उपेन्द्र यादवको शब्दमा भन्ने हो भने अब दुनियाँको कुनै पनि शक्तिले मधेसीलाई मर्सिया, धोती तथा विहारी भनेर हेप्ने छैनन्, आज मधेसीहरूको पहिचान कायम भएको छ भनेर सम्बोधन गरे ।
प्रदेश नं. २ को सरकार जसलाई २ नं. को दर्जाको रूपमा हेरियो । तर आज प्रदेश २ सरकारबाट अन्य प्रदेशले सिक्नु पर्ने धेरै छन् । मधेस प्रदेश जसले पूर्णकालिन सरकार सञ्चालन गर्ने वातावरण बन्यो । महिला र बालबालिकाको क्षेत्रमा नविनत अभ्यास सुरुवात गर्यो । छोरी बिमा कार्यक्रम, बालिकालाई शिक्षाको पहुँचको लागि साइकल वितारण, सीपको लागि ल्यापटप वितरण, महिलालाई विशेष आरक्षण प्रंशसनीय कार्य हुन् । पछिल्लो समय प्रदेशको राजधानी र नामाकरण गरियो । जुन अन्य प्रदेशले सिक्नु पर्दछ । हुनत मधेस प्रदेशमा विकास, लैगिक समावेशीकरणको दृष्टिकोणले धेरै क्षेत्रमा काम गर्न आवश्यक छ ।
तत्कालीन पूर्वमुख्यमन्त्री शेरधन राईले प्रदेश १ नामाकरणको विषयले आफू विवादित हुने अभिप्रायले सुनौलो अवसर गुमाए । प्रदेशको नाम चलेका समारमाथा, कोशी, किँरात, लिम्बुवान किँरात, विजयपुरमध्ये कुनै एक राख्ने विषयलाई अन्तिम रूप दिन प्रशस्त आधारहरू छन् । उल्लेखित नाम चलेका प्रस्तावित प्रदेशका नामहरूमा पर्याप्त वहस हुन बाँकी छन् । अन्य प्रदेशको नामकरणलाई हेर्दा जातीय पहिचानभन्दा भौगोलिक र सांस्कृतिकलाई मुख्य आधार बनाएर नामाकरण गरेको देखिन्छ । प्रदेश १ मा पनि नेतृत्वले सही दीर्घकालीन सोचको आधारमा बुद्धिमता देखाउन आवश्यक छ ।
सगरमाथाले हाम्रो राष्ट्रिय पहिचान बोकेको छ । सगरमाथालाई देशले नै गौरव गर्दछ र नेपालको शीरलाई उच्च राखेको छ । तर प्रदेश १ ले सगरमाथाको नाम राखेर भन्दा कोशी प्रदेश राखेर कोशीको नामलाई उच्च बनाउन बुद्धिमता होला । कोशी प्रदेश १ बासीको जीवनसँग प्रत्यक्ष सम्बन्ध गाँसिए छ । कोशी, जसबाट सम्पूर्ण प्रदेशको भूभागलाई सिँचाई गरी जीवनको आधार बन्न सक्छ । कोशीको नामाकरणलाई सबै वर्ग क्षेत्र तथा सम्प्रदायले स्वकार्ने स्थिति बन्दछ । साथै, इतिहासमा किँरात, लिम्बुवान साम्राज्यले गरिएको योगदानलाई सम्मान गर्नु पर्दछ । तर, प्रदेशको नामाकरण गर्दा भौगोलिक र सांस्कृतिक पहिचान तथा प्रदेशबासीको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने विषयलाई प्राथमिता दिनु दीर्घकालीन महत्व हुन सक्छ । जसलाई सबै प्रदेशवासीले सम्मान गर्ने र स्वीकार गर्ने वातावरण बनोस् ।
प्रदेशको नामाकरण गर्न प्रदेश १ मात्र बाँकी रहँदा यहाँका राजनीतिक दल तथा नेतृत्व प्रति नैतिक रूपमा प्रश्न चिन्ह उठिरहेको छ । सँधै १ नम्बर प्रदेश भएर बस्न पनि हास्यास्पद होला । त्यसैले वृहत वहस तथा कुुशल नेतृत्वको भूमिकाको लागि वर्तमान प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामाकरण गर्ने विषयलाई प्राथमितामा राख्नु र अन्तिम निष्कर्षमा पुग्नु उहाँको कार्यकालको महत्वपूर्ण उपलब्धी हुन सक्छ । आउँदो हिउँदे अधिवेशनमा प्रदेशको नामाकरण तथा राजधानीको टुंगो लागोस् । जुन ऐतिहासिक पनि हुनेछ ।
प्रदेश नं. १ को नाम
सगरमाथा प्रदेश