विराटनगर । महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले विराटनगर –१९ मा एक महिने ब्युटीसियन तालिम सुरु भएको छ ।
सिक्वीन ब्युटी पार्लरको आयोजना तथा विराटनगर– १९ नं. वडा कार्यालयको आर्थिक सहयोगमा एक महिने ब्युटीसियन तालिम आइतबारदेखि सुरु भएको हो ।
तालिमको उद्घाटन विराटनगर १९ का वडाध्यक्ष बद्रीनारायण सरदारले गरेका थिए । महिना दिनसम्म संचालन हुने तालिममा १५ जना महिलाहरुले सहभागिता रहेको सिक्वीन ब्यूटी पार्लरको सञ्चालक कला डाँगीले जानकारी दिइन् । महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले महिनादिने ब्यूटीसियन तालिमको आयोजना गरिएको उनले जानकारी दिइन् । चुलोचौकमा व्यस्त रहने महिलाहरुलाई सीप आर्जन गरेर व्यवहारमा लागू गरि व्यवसायिक बनाउने उद्देश्यले उक्त तालिमको आयोजना गरिएको उनले बताइन् । तालिमको प्रशिक्षकहरुमा ब्युटीसियन कला डाँगी र बिना अधिकारी रहेकी छिन् ।