विराटनगर । प्याब्सन मोरङले ३१ औं स्थापना दिवस मनाएको छ । प्याब्सन मोरङको कार्यालयमा एक कार्यक्रम आयोजना गरि स्थापना दिवस मनाएको हो ।
कार्यक्रममा प्याब्सनको केन्द्रीय सचिब राजेश कुमार दास, सचिवालय सदस्य बासुदेव न्यौपाने, प्रदेश १ का वरिष्ठ उपाध्यक्ष टिकाराम ढकाल, मोरङ प्याब्सनका प्रमुख सल्लाहकार अर्जुन बस्नेतलगायतले बोलेका थिए । कार्यक्रममा स्वागत मन्तब्य प्याब्सन मोरङका वरिष्ठ उपाध्यक्ष प्रेमलाल सुवालले गरेका थिए भने कार्यक्रमको अध्यक्षता प्याब्सन मोरङका अध्यक्ष सीतला सुब्बाले गरेकी थिइन् ।