विराटनगर । प्याब्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरीले अहिलेको आवश्यता प्रविधिसँगै सीप मुलक र संस्कारसहितको व्यवहारिक शिक्षा आवश्यकता भएको बताएका छन् ।
प्याब्सनको ३१ औं स्थापना दिवसको अवसरमा शनिबार विहान शुभकामना व्यक्त गर्दै अध्यक्ष पुरीले अहिलेको अवस्थामा प्रविधि बेगारको शिक्षाको कुनै अर्थ नभएकोले प्रविधिसँगै सीप मुलक शिक्षा आजको आवश्यकता भएको बताएका हुन् ।
अवको शिक्षा सीप, प्रविधि र संस्कारसहितको शिक्षा अभिलम्बन गर्दै विकास गरेर अगाडी बढनुपर्ने उनले बताए । प्याब्सनको १५ औं राष्ट्रिय महाधिवेशनको दौरानमा रहेका पनि उनले जानकारी दिए । ‘पालिका र सम्पूर्ण जिल्लाको अधिवेशन सम्पन्न भएको छ,’ उनले भने, ‘अब प्रदेशको अधिवेशन सम्पन्न गर्ने दौडानमा रहेका छौं,’ अध्यक्ष पुरीले भने, ‘प्रदेशको पनि अधिवेशन सम्पन्न भएपछि आगमी माघ २८ र २९ गते राष्ट्रिय महाधिवेशन हुनेछ ।’
राष्ट्रिय महाधिवेशनमा सिप, संस्कार र प्रविधिसहितको शिक्षा र दक्ष जनशक्ति आजको आवश्यकता भन्ने मुल एकेडेमी मुद्दालाई अगाडी बढाउने उनले बताए । ‘शिक्षामा केही रुपान्तरण गर्नुपर्छ भन्ने आत्मबोध हामीमा रहेको छ,’ उनले भने । यस अभियानमा सरकार, अभिभावक, नागरिक समाज, राजनैतिक दल, विद्यार्थी संगठन, सामाजिक संघसंस्थाले सहयोग गर्नुपर्ने उनले बताए ।
ढेड लाख शिक्षकहरु विद्यालयमा आवद्ध भएको जानकारी दिदै अध्यक्ष पुरीले ठूलो रोजगारीको अवसर निजी क्षेत्रले दिएको बताए । ‘लाखौं विद्यार्थी बाहिरनबाट आज निजी विद्यालयहरुले जोगाएका छौं । राष्ट्रिय आम्दानीलाई संरक्षण गरेका छौं,’ उनले भने, ‘पूजीको निर्माण गरेका गरेका छौं ।’ उनले निजी विद्यालयको योगदानको चर्चा गर्दै राष्ट्रलाई आवश्यक पर्ने दक्ष जनशक्ति पनि उत्पादन गरेको बताए ।

