विराटनगर । १ नं. प्रदेश स्तरीय दोस्रो टुवोर्ग माघेनी गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ। वडा खेलकुद बिकास समितिले आयोजनामा संखुवासभाको धर्मदेबी नगरपालिका वडा नं. ८ मा उक्त प्रतियोगिता माघ २ देखि ६ गतेसम्म हुने भएको हो ।
प्रतियोगितामा प्रदेश भरिका १२ टिम सहभागी हुनेछन् । बिजेता हुने टिमले नगद १ लाख ११ हजार एक सय एघार रुपियाँ पाउने छन् भने उपबिजेताले ५५ हजार पाँच सय ५५रुपियाँ छ । खेलमा उत्कृष्ट खेलाडीलाई पाँच हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ । आयोजकले खेलमा सहभागी भए बापत सहभागी टिमलाई यातायात खर्च बापत प्रत्येक टिमलाई नगद २० हजार रुपियाँ उपलब्ध गराउने जनाएको छ। आयोजकले पत्रकार सम्मेलन गरि प्रतियोगिताको तयारी भइरहेको जानकारी गराएको छ । सो प्रतियोगिता सम्पन्न गर्न १२ लाख खर्च हुने अनुमान गरिएको छ ।

