पब्लिक स्टार बहुउद्देश्यीय सहकारी संस्थाको साधारणसभा सम्पन्न

विराटनगर । विराटनगर–१३ मा अवस्थित पब्लिक स्टार बहुउद्देश्यीय सहकारी संस्थाको १९औं साधारणसभाबाट आगामि कार्यकालका लागि नयाँ कार्यसमिति चयन भएको छ ।

स्टार कलेज तथा स्कुलको सभाहलमा सम्पन्न साधरणसभाबाट अध्यक्षमा डाकटर उद्धब पोखरेल, उपाध्यक्षमा सावित्री दाहाल, सदस्यहरूमा, सूर्यबहादुर लामा, खगेन्द्र रिजाल, भवानीशङ्कर सिवाकोटी, बिमला थापा, राधा शिवाकोटी, प्रदिप गुप्ता र पुष्पा तुलाधर रहेका छन् । यस्तै लेखा समिति संयोजकमा सन्दिप चौधरी चयन भएका छन् ।

संस्थाले करिब दुई करोड ५० लाखको बचत कारोबार, २५ लाख शेयर पूँजी, करिब तीन करोडको ऋण लगानी रहेको छ भने खुद नाफा तीन लाखभन्दा बढी रहेको संस्थाका अध्यक्ष पोखरेलले जानकारी दिए । कार्यक्रममा प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जयराम यादवले सहकारीले जीवनस्तर सुधारेर नेपाललार्इ समृद्धिको दिशामा लगेको बताए । देशभरका सहकारी यसका लागि धन्यवादका पात्र रहेको उनको भनाइ थियो ।

अन्तर्राष्ट्रिय महिला हिंसाविरुद्धको दिवस मनाइरहेको परिपे्रक्ष्यमा घरका महिला सुखी भए परिवार नै सुखी हुनेहुनाले सबैले यस तर्फ सोच्न जरुरी छ । सहकारीको माध्यमबाट आर्थिक समस्या समाधान हुने र सचेतना फैलाउदै अघि बढेमा महिला हिंसा न्यूनीकरणमा समेत सघाउ पुग्ने बताउनु भयो।

कार्यक्रममा वडा नम्बर १२ का अध्यक्ष हिरालाल कामतले १० हजारको बचत लाखौको लगानीमा परिणत गर्न सक्षम बनाउने क्षेत्र सहकारी रहेकाले बचत गर्ने बानीको विकास गर्नका लागि सहकारी जनउपयोगी हुने बताए । राष्ट्रिय सहकारी महासंका उपाध्यक्ष रमेश पोखरेलले सहकारीको माध्यमबाट आर्थिक समृद्धिको अपार सम्भावना रहेको र जनताको जीवनस्तर उकास्न सहकारीले महत्वपूर्ण भूमिका खेलेको बताए ।

शुक्रबार, २४ मंसिर, २०७८, साँझको ०६:३९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर