छतको बट्टाईपालनले आकर्षक आम्दानी

पथरी । वैदेशिक रोजगारीबाट फर्किएका एक युवाले बट्टाईपालन व्यवसायबाट राम्रो आम्दानी गरिरहेका छन् । मोरङ पथरीशनिश्चरे १० का सुमन कुरुङबाङले बट्टाईपालनबाट आर्थिक तरक्की गरिरहेका हुन् ।

उनी वैदेशिक रोजगारीको सिलसिलामा कतार गएका थिए । स्वर्णिम भविष्यको सपना बुनेर कतार पुगेका उनलाई त्यसबेला लाग्यो, विदेशमा पैसाको बोट नहुनेरहेछ । अझ त्यहाँ पुगेपछि उनका दुःखका दिन सुरु भए । कहिल्यै नपुगेको ठाउँ,कहिल्यै सपनामा पनि नदेखेका मान्छेहरु,कहिल्यै नबोलेको भाषा भौतारिदैँ हिँडे उनी । तड्पिनसम्म तडपिए । त्यहीबेला उनलाई नेपाल फर्किने सोच पनि आयो । तर, सकेनन् । कमाउने सपना जो थियो ।

यसैगरी त्यो मरुभूमिमा उनले ८ वर्ष बिताए । त्यसपछि स्वदेशमा नै कुनै पेशा व्यवसाय अँगालेर बस्ने र विदेश नफर्किने सोचाईका साथ उनी नेपाल फर्किए । नेपाल आएर संचारकर्ममा लागेका उनले दुई वर्षयता घरकै छतमा बट्टाईपालन सुरु गरे । अहिले बट्टाई बेचेर नै उनले मासिक ४० हजार आम्दानी गरिरहेका छन् । सानो लगानीमा २ सय वटा बट्टाईबाट आफ्नो व्यवसाय सुरु गरेका उनले अहिलेसम्म ६ हजारभन्दा बढि बट्टाई बेचिसकेका छन् ।

उनले सामाजिक संजालबाट नै बट्टाई बेच्ने गरेका छन् । भन्छन्, ‘बट्टाई र यसका अण्डा बेच्न ग्राहक खोज्दै कतै जानु परेको छैन । घरमै आउँछन् बरु माग अनुसार सप्लाई गर्न सकिरहेको छैन ।’ कुरुङबाङ चल्ला आफै ‘ह्याच’ गर्छन । एउटा अण्डालाई १० रुपैँया पर्दछ भने एक जोडी बट्टाईलाई तीन सय पर्दछ । उनले आफ्नो संचारकर्मलाई पनि सँगसँगै लगिरहेका छन् । ससबै कुराबाट बचेको समय बट्टाईलाई दिँदा राम्रो आम्दानी भइरहेको उनको भनाइ छ ।

ठाउँ पनि धैरे नचाहिन,े घरकै छत तथा आँगनको सानो ठाउँमा पाल्न मिल्ने र लगानी पनि थोरैले नै हुने भएकोले आफूले यो व्यवसाय रोजेको बताउँछन् उनी । बट्टाईपालन व्यवसाय सँगसँगै कृषिमा नयाँ आयाम दिने काम गर्ने कुरुङबाङको सोच रहेको छ । विदेशको जस्तो दुःख र मिहिनेत यहाँ गर्न सक्दा त धैरे राम्रो हुने त्यति नै मेहेनत नगरेपनि थोरै मिहिनेत गर्दा विदेशकोभन्दा राम्रो आम्दानी गर्न सकिने भन्दै युवाहरुलाई स्वदेशमै आपूmलाई सहज हुने पेशा अँगालेर दे मै रहन उनको सबैलाई आग्रह हुन्छ ।

बट्टाईको मासु र अण्डालाई पौष्टिक खाद्यपदार्थ मानिन्छ । यसको मासु भन्दा पनि अण्डा बढी स्वास्थ्यवर्धक हुने विज्ञहरुको भनाइ छ । बट्टाईको मासु र अण्डाले मानव शरीरको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्दछ भने बच्चादेखि वृद्धसम्मलाई स्वास्थ्यका लागि फाईदा गर्दछ । बट्टाईको अण्डामा भिटामिन ए, बी,डी र बी १२, लुटिन तथा जिएजेनथीन अधिक मात्रामा हुन्छ । यी भिटामिनले आँखालाई फाइदा गर्दछ । शरीरमा रहेको अनावश्यक टक्सिल निकाल्न, सुगर तथा ब्लड प्रेसरका रोगीका लागि लाभदायक रहेको छ । बालबालिकाको शारिीक वृद्धि साथै स्मरण शक्ति बढाउन बट्टाईको अण्डाले मद्दत गर्दछ ।

बिहिबार, ०९ मंसिर, २०७८, बिहानको ०९:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर