विराटनगर । साल्ट ट्रेडिङ कर्पोरेशनमिटेड विराटनगर कार्यालयले कृषि विज्ञहरूलाई लिएर किसानहरूलाई रासायिन मलको प्रयोगको विषयमा जानकारी गराएको छ । साल्ट टे«डिङले सुनसरी र मोरङका किसानहरूलाई रसायनिक मलको प्रयोगको विषयमा जानकारी गराएको हो ।
उत्पादन बढाउन रासायनिक मलको अत्याधिक प्रयोग गर्ने ठाउँमा माटोको अवस्था खराब पाइएको छ । खेतीयोग्य जमिनमा कति मात्रमा रसायनिक मलको प्रयोग गर्न सकिन्छ भन्ने विषयमा जानकारी काठमाडौंदेखि आएका कृषि विज्ञ भगवान खतिवडाले कृषकहरूलाई परामर्श दिएका थिए । साल्ट टे«डिङले एक हप्तासम्म मोरङको बुधनगर, सुन्दरहरैचा, कानेपोखरी, सुनसरीको कोशी गाउँपालिकालगायतको क्षेत्रमा पुगेर कृषकहरूलाई रसायनिक मलको प्रयोगबारेमा जानकारी गराएको साल्ट टे«डिङ विराटनगरका प्रमुख राधेश्याम चौधरीले जानकारी दिए । नेपालमा माटोको स्वास्थ्यका बारेमा पर्याप्त चेतना नभएको र उत्पादन नै दिन छाडेपछि मात्रै किसान सल्लाहका लागि कृषि कार्यालयमा पुग्ने गर्छन् ।
सिंगल सुपर फरफेस्टको प्रयोगले अम्लियपन कम हुने र उर्वरा शक्ति बढाउने गरेको कृषि विज्ञ बताउँछन् । क्यालसियमले अम्लियपन कम गराउने र माटोको उर्वरा शक्ती बढाउने काम गर्दछ ।
‘अन्तिम अवस्थामा पुगेपछि माटोलाई पहिलेकै अवस्थामा फर्काउन समय लाग्छ, त्यसैले बेलैमा माटो बिग्रन नदिन लाग्नुपर्छ’ खतिवडाले भने, ‘प्राङ्गारिक मलको प्रयोग, छ्वाली, पराललगायतलाई मलको रुपमा प्रयोग गरेर र कृषि चुनको प्रयोग बढाएर माटोको अम्लियपना कम गर्न सकिन्छ’ कृषि विज्ञ खतिवडाले भने ।

