इन्धनको मुल्यवृद्धिको विरोधमा प्रर्दशन

विराटनगर । इन्धन तथा अन्य खाद्यवस्तुहरुमा पटकपटक भएको मूल्य वृृद्धिको विरोधमा सत्तारूढ दल नेपाली कांग्रेस कटहरी गाउँ इकाई समितिले प्रर्दशन गरेका छन् । नेपाल आयल निगमले १२ दिनकै अन्तरालमा दोश्रोपटक इन्धनको मूल्य वृद्धि गरेको भन्दै समितिले शुक्रबार विरोध प्रर्दशन गरेको हो ।

हाटखोला चोकमा सवारीसाधन रोकेर समितिले आयल निगमले गरेको मुल्य वृद्धिप्रति विरोध जनाए । इन्धनमा गरिएको मूल्य वृद्धि १० दिनभित्र फिर्ता लिनुपर्ने उनीहरुको माग छ । माग सम्बोधन नभए समितिले थप संघर्षका कार्यक्रमहरु अघि सार्ने नेपाली कांग्रेस श्रमिक तथा टे«ड युनियन विभागका केन्द्रिय सदस्य विनायककान्त पन्तले बताए ।

विरोध प्रर्दशनमा गाउँ इकाई समितिका सभापति रामकुमार कामत, वडा नं २ का सभापति सञ्जय मण्डल, ३ का सभापति मनोज कार्की र ४ का सभापति जद्दु कामत सहित १५० बढी इकाई समिति सदस्यहरु सहभागी थिए । नेपाल आयल निगमले भने बुधबार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुँपैया र एलपी ग्यासमा प्रतिसिलिण्डर ७५ रुँपैयाले मूल्य वृद्धि गरेको थियो । निगमले गरेको मूल्य वृद्धिको विरोधमा हाल ६ विद्यार्थी संगठनहरु समेत संयुक्त संघर्षमा छन् ।

शुक्रबार, २६ कार्तिक, २०७८, साँझको ०५:४८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर