राधाकृष्ण मन्दिरको पाँचौं साधारणसभा

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. ४, जरायोटोलस्थित राधाकृष्ण मन्दिरको पाँचौं साधारणसभा सम्पन्न भएको छ ।

सम्पन्न साधारणसभाका प्रमुख अतिथि वडाध्यक्ष गोविन्दबहादुर भण्डारीले सम्बोधनक्रममा वडामा १२ वटा मन्दिर रहेमध्ये यो मन्दिरको सञ्चालन र व्यवस्थापन अत्यन्तै राम्रो रहेकोले पनि पदमा रहँदा वा अघिपछि पनि सक्दो सहयोग गरिरहने प्रतिबद्धता जाहेर गरे ।

सभाको वडाध्यक्ष भण्डारी र पण्डित उपाध्यायले दीप प्रज्जवल गर्दै समुद्घाटन गरेका थिए । स्थानीय जनमतका लागि धार्मिक आस्थास्थलको रुपमा विकसित मन्दिरको साधारणासभालाई पण्डित राधिकाशरण उपाध्याय, कृष्णबहादुर बस्नेत, गंगा साँवा, लालबहादुर बस्नेत, मन्दिरका लागि जमिनदाता लक्ष्मीबहादुर थापासहितले शुभकामना सम्बोधन गरेका थिए ।

साधारणसभाले पुरानै कार्यसमितिलाई निरन्तरता दिएको छ । जसमा क्रमशः अध्यक्ष, वरिष्ट उपाध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष र सदस्यहरुमा क्रमशः शेरबहादुर राय, छत्रबहादुर बस्नेत, रामप्रसाद न्यौपाने, दलबहादुर न्यौपाने, गणेश पौडेल, रत्नमाया खड्का, पूर्णबहादुर कार्की, मानबहादुर कार्की, इन्दिरा कार्की, ज्ञानबहादुर विष्ट, इन्द्रबहादुर खड्का, बुद्धिमान रामदयाल र सल्लाहकारहरु नारायण गुरागाइँ, लक्ष्मीबहादुर थापा, गणेशबहादुर भण्डारी, फत्तेबहादुर कार्की, ओलबहादुर खड्का, कृतबहादुर राईं, भीमप्रसाद निरौला, तिलकबहादुर खड्का र योगेन्द्रबहादुर खड्का रहेका छन् ।

कार्यक्रममा म्युजिकल चियर्सअन्तर्गत महिलातर्फ प्रथम सीता तिवारी, द्वितीय प्रमिला न्यौपाने र तृतीय केशरी पौडेल भएका थिए भने हण्डीफुटाइँमा छत्रबहादुर बस्नेत पुरस्कृत भए । कार्यक्रमको अध्यक्षता वरिष्ट उपाध्यक्ष छत्रबहादुर बस्नेतले र सञ्चालन संस्थाको सचिव रामप्रसाद न्यौपानेले गरेका थिए । २०६६ सालमा स्थापना गरिएको मन्दिरमा विभिन्न प्रकृतिका रचनात्मक कार्यक्रमका अतिरिक्त रथारोहण, पुराणलगायतका कर्महरू हुँदै आएका छन् ।

बुधबार, २४ कार्तिक, २०७८, रातीको ०८:१४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर