विराटनगर । मधेश आन्दोलनमा सहदि भएका परिवारका सदस्यहरुलाई जनता समाजवादी पार्टी (जसपा) मोरङले लत्ताकपडा र खाद्यान्य वितरण गरेको छ । २०६२÷०६३ को मधेश आन्दोलनमा सहदि भएका परिवारका सदस्यहरुलाई जसपा मोरङले दिपावलीको अवसर पारेर लत्ताकपडा र खाद्यान्य आज वितरण गरेको हो ।

मधेश आन्दोलनमा मोरङमा ७ जना सहिद भएका थिए । सहिद भएका परिवारलाई जसपा मोरङले प्रत्येक वर्ष लत्ता कपडा र खाद्यान्य वितरण गर्दै आएको जसपा मोरङका अध्यक्ष राजकुमार यादवले जानकारी दिए । सहदि परिवारको समस्या बुझने उद्देश्यले दिपावलीको आवसर पारेर पार्टीले सयोग गरेको उनले बताए । ‘हाम्रो पार्टी प्रत्येक वर्ष सहिद परिवारलाई भेटन र उनीहरुको समस्या बुझने काम गर्दै आएको छ,’ उनले भने, मधेश आन्दोलनमा ज्यान गुमाएका सहिदहरूको बलिदानलाई पार्टी खेर जान दिएको छैन ।’ मधेश आन्दोलनको क्रममा विराटनगर १७ मटेरुवाका बेचन मिया, विराटनगर १४ का सदानन्द यादव, राजकुमार कामत, कटहरीका निर्मल राजवंशी, जहदा ४ का तल्लु हस्दा, दिनदयल मण्डल, रंगेली ६ का दोरपति चौधरी, सुनवर्षी नगरपालिका ८ का शिवु माझी, ७ का महादेव ऋषिदेव सहिद भएका थिए । जसपा मोरङले सहिदको सपना साकार बनाउँदै उनीहरूको घरमा पुगेर परिवारका सदस्यहरुलाई समस्या बुझने काम गर्दै आएको अध्यक्ष यादवले बताए ।