लोड हुँदैछ...

मेनु

आज लक्ष्मी पूजा

आज लक्ष्मी पूजा

आज तिहारको तेस्रो दिन, धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरेर लक्ष्मीपूजा मनाईंदैछ ।

बत्ती नबलेको घरमा लक्ष्मीको बास हुँदैन भन्ने विश्वास अनुसार घरकोचारैतिर सफा सुग्घर गरीआँगन, दैलो, सङ्घार, मझेरी, झ्याल, ढोका, कौसी, अटाली, भर्‍याङ्लगायतकाठाउँमा बत्ती बाली लक्ष्मीपूजा गरिन्छ ।

जुन घरमा यमपञ्चकमा दीपावली गरिन्छ, त्यहाँलक्ष्मीले सदा बास गर्ने भन्दै लक्ष्मीपूजाको महिमा सुरुभएको धार्मिक विश्वासका आधारमा आजको दिन सम्पूर्ण नेपालीले धनकी देवी लक्ष्मीकोपूजा दीपावली गरेर गर्ने परम्परा रहेको हो । लक्ष्मीपूजाकोरातलाई सुखरात्री पनि भनिन्छ । घरमा अन्न धेरै भित्रियोस् भनेर लक्ष्मीकोपूजा गरिन्छ । घरघरमा लक्ष्मीभित्र्याउन घरको आँगनदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म रातो माटोले पोतेरलक्ष्मी हिड्ने बाटो तयार गरिन्छ । त्यसमा चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाएर केराको सुतलामा बत्ती बाल्ने गरिन्छ ।

आजै साँझ लक्ष्मीपूजा गरेपछि केटाकेटी, युवति र महिलाहरु समुह–समुह बनाई घरघर गई हर्षोल्लासपूर्वक भैलो खेल्ने परम्परा छ । तमसोमा ज्योतिर्गमय अर्थात् अन्धकारबाट उज्यालोतर्फका लागि भन्दै आत्मिक रूपमा सुख सन्तोष प्राप्त गरौं भन्ने भावनाका साथ भैलो खेलेर रमाइलो गरिन्छ । यसरी भैलोमाग्दै हिंड्ने समूहलाई धान, चामल, पैसा, नैवेद्य रसेलरोटी दान स्वरुप दिने चलन छ। त्यति पाएपछि भैलेनी समुहले आशिष दिई लक्ष्मीधन्यको कामना गर्दछन् । इतिहासविद्हरुका अनुसार ‘भलो होस्’ भन्दै घरघरमा गएर सन्देश दिनेचलनले पछि गएर भैलोको रुपमा निरन्तरता पाएको हो ।

तिहार झिलिमिली बत्तीको चाड पनि भएकोले विशेषगरी लक्ष्मीपूजाका दिन हरेक घरमा झिलिमिली बत्ति बालिन्छ । आजसाँझ रंगिविरंगी मैनवत्ती, बिजुलीबत्ती, प्याला बालेर घरघर झिलिमिली पारिने हुँदा यसअवसरलाई दिपावली पनि भनिन्छ । यसरी दिपावली गर्दा गाउँघरमा भने पानीको पँधेरो, गोठ, ढिकी, जाँतो, सङ्घार र घरकाचौकुना समेत बत्ति बाल्ने चलन रहेको छ । आज घरको आँगन, पिंढी,दलान, कोठामा गाईको गोबरले लिपेर शुद्ध पारी घरकाझ्याल ढोका साथै पानी सार्न प्रयो गर्ने गाग्री र लोटामा फूलका माला लगाएरसिगार्ने गरिन्छ । घरका टुँडाल, निदालमा पनि सयपत्री फुलकामाला उनेर लगाईन्छ । घरको मुलढोकादेखि पूजा कोठासम्म चामलको पिठोबाट लक्ष्मीकोप्रतिकात्मक पाइला बनाएर झिलिमिली बत्ती बालेर लक्ष्मीको स्वागत गरिन्छ ।अँध्यारोमा लक्ष्मीको बास नहुने मान्यता अनुसार घरघरमा यसरी दीपावली गरिन्छ ।लक्ष्मी पूजाका दिन घरमा लक्ष्मीको बास भएमा वर्षभरि आर्थिक संकट नहुने धार्मिक जनविश्वासछ ।

लक्ष्मीपूजाको रात घरमा लक्ष्मी प्रवेश गर्छिन् भन्ने धार्मिक मान्यता छ । त्यसैले घरका झ्यालढोकाबत्ती बालेर झकिझकाउ पारिन्छन् । बत्ती बालेपछि लक्ष्मीमाता स्थापना गरिन्छ। भएकागरगहना, पैसा, चामल, फलफूल, सेलरोटी, फूलमाला आदि सामग्री चढाएर लक्ष्मीको पूजाअर्चना गरिन्छ । लक्ष्मीपूजाका दिन गरगहनाको पूजा गरिने भएकाले बजारबाटसूनचाँदी लगायतधनमाल किन्ने चलन छ । थन्क्याएर राखिएका पूराना गरगहना समेत आज झिकेर लक्ष्मीस्थापना गरिएको कोठामा विधिपूर्वक राखी पूजा गरिन्छ । आज गाउँघर शहर बजारका घरघरमा केराको बोट गाडेर घरसजाएर लक्ष्मीपूजा गरिने हुँदा केराको बोटको बिक्री अत्याधिक हुने गर्दछ । मानिसहरुगाउँगाउँबाट केराको बोट ल्याएर बिक्री गर्ने गर्दछन् । लक्ष्मी पूजाको अवसरमा आजमानिसहरुले घरमा लक्ष्मीको पूजा गर्ने, घर सफासुग्घर राखी रङ्गीचङ्गी बिजुलीका बत्तिबाट झकिझकाउ पार्ने तथा दियोबाल्ने परम्परा छ भने ग्रामीण क्षेत्रका बालबालिका सन्ठीको विडो बनाएर हुकाहुकीखेल्ने चलन छ ।

आजकै लक्ष्मीको प्रतिक स्वरुप गौमाताअर्थात गाईको पूजा गरिन्छ । जनै पूर्णिमाका दिन नाडीमा बाँधेको रक्षा बन्धन ९डोरो० फुकाएर त्यसैमा उनेको माला आज लक्ष्मीपूजाका दिन गाईलाई लगाईदिंदा सजिलैबैतर्णी नदि तर्न सकिने पौराणिक लिखत छ । लक्ष्मीपूजामा गाउँघरमा विशेष उल्लासकासाथ गाईको पूजा गरिन्छ तर शहर बजारमा भने गाई पाल्नेहरु निकै कम मात्रै हुनेभएकाले मनिसहरु गाईलाई खोजीखोजी पूजा गर्दछन् । कुनैपनि धार्मिक एवं पित्री कार्यसम्पन्न गर्दा पूजास्थललाई गोबरले लिपेर शुद्ध पारिन्छ ।देवीदेवताको पूजा गर्दा गाईको दूधबाट बनाइने पञ्चामृत अनिवार्य चाहिन्छ । जुठो सुतक पर्दा शुद्ध हुन गौमुत्र ९गहुँत० खानेचलन छ भने घर शुद्ध बनाउन पनि गहुँत छर्किनु पर्दछ । गाईको दूधबाट तयार हुने सवै परिकारहरु मानव शरिरका लागि अमृततुल्य र पोषिलो हुनेगर्दछ । त्यहि भएर हिन्दू समुदायमा गाईलाई आमापछि कि माता भनि गौमाताका रुपमा पूजा गर्ने चलन छ । लक्ष्मीपूजाकादिन लक्ष्मीको प्रतीक मानी छोरीको पूजा गर्ने चलन पनि छ ।

– हाम्रोपात्रोबाट साभार

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।