बुढीगंगा एमालेको विवाद उत्कर्षमा

विराटनगर । नेकपा एमाले बुढीगंगा गाउँपालिकामा सचिव पदका आकांक्षीबीचको विवाद उत्कर्षमा पुगेको छ ।

गाउँपालिका सचिव पदमा युवा संघ मोरङका उपाध्यक्ष किशोर भट्टराईको दाबी रहेपनि बुढीगंगा गाउँपालिकाका पूर्वसचिव अर्जुन बोगटीले दोहोरिने मनसाय राखेका छन् । पार्टी नेतृत्वले मिलाउने कोशिस गरेपनि मिल्ने अवस्था कम हुँदै गएको स्थानीय एमाले नेता बताउँछन् । ‘कार्यकर्तामा युबा नेता किशोर भट्टराई हुनुपर्छ भन्ने छ तर नेताहरूको जोड अर्जुन बोगटीलाई दोहोर्याउने पक्षमा रहेको बुझिन्छ,’ ती कार्यकर्ताले भने ।

नेताको आशिर्वादले नेता भएकाले पार्टी समाप्त पार्न लागेको र पुराना नेताको शैली, बोली, व्यवहारले धेरैले पार्टी नै छोडेर गएको उनले बताए । ‘पदको लागि मात्रै मैदानमा आऊने, अरुबेला चोकचौरामा बसेर अरुअरुलाई गाली गरेर बस्ने ?’, ति कार्यकर्ताले प्रश्न गरे, ‘जनताको घर दैलोमा गएको हामीले कहिले देखेनौं फेरि यस्तो नेतृत्व कसरी दोहोर्याउने ? ।’

आफूहरुको चाहना नयाँ ढङ्गले पार्टीले सोच्नु पर्छ भन्ने रहेको अधिकांश कार्यकर्ताको भनाइ छ । ‘यथार्थमा अर्जुन बोगटी सचिव माइनुट गर्नै जान्दैनन्, गर्दैनन्,’ अर्का एमाले कार्यर्ताले बताए, ‘कार्यक्रम पनि अरुले चलाउनु पर्छ, आफू चलाउन नजान्ने, विपक्षीलाई मात्रै जहिले सत्तोसराप गर्ने, सामाजिक सञ्जालमा जे पायो त्यही लेख्ने, आफू मपाइँ हुने जस्ता मात्रै उनको काम हो ।’

शनिबार, १३ कार्तिक, २०७८, साँझको ०७:३१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर