धरान । अबिरल बर्षाको कारण धरानमा घर पुरिँदा दुई जना बच्चाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुनसरी धरान उपमहानगरपालिका १३ नागेश्वर मार्ग बस्ने निसान राईको छोरी ८ वर्षीया निसु राई र छोरा ४ वर्षीय निहान राई रहेका छन् । आज दिउँसो पौने २ बजे घरमाथिबाट पहिरो झरेर १ तले टिनको छाना भएको घर पुरिदा घरभित्र रहेका दुई बच्चा पुरिएका थिए ।
घटना लगतै उद्धारमा खटिएको प्रहरी टोलीले दिउँसो साढे ३ बजे दुईजना बच्चालाई मृत अवस्थामा फेला पारेको हो ।