विराटनगर । नेपाल औषधी व्यवसायी संघ मोरङ शाखाले दर्शै, शुभ दिपावली र छठ पर्वको शुभकामना आदन प्रदान कार्यक्रम आयोजना गरेको छ । संघको भवनमा सोमबार शुभकामना कार्यक्रम राखेको हो ।

कार्यक्रममा नेपाल औषधी व्यवसायी संघ प्रदेश १ का सदस्य नेत्र निरौला, कोशी अञ्चल शाखाका पूर्व अध्यक्ष सुवर्ण भक्त जोशी, मोरङका अध्यक्ष लक्ष्मी तिम्सिना, उपाध्यक्ष देशबन्दु ढकाल, पिनका सचिब जिवन कार्की, नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष संजीव खनाललगायतले शुभकामना दिएका थिए ।